८ बैशाख २०८३, मंगलवार April 21, 2026

भलमन्सा प्रणाली संरक्षण तथा विकास ऐन सहित आठवटा विद्येयकको मस्यौदा प्रस्तुत

२२ माघ २०८०, सोमबार
भलमन्सा प्रणाली संरक्षण तथा विकास ऐन सहित आठवटा विद्येयकको मस्यौदा प्रस्तुत

हसुलिया, २२ माघ । कैलारी गाउँपालिकाको आव. २०८०/०८१ को गाउँसभा अधिवेशन (हिउँदे/विधेयक अधिबेशन)को दोस्रो बैठकमा आठवटा विद्येयकको मस्यौदा पेश गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा सोमबार बसेको बैठकमा विधेयक समितिका संयोजक विकास चौधरीले दुईवटा संशोधनसहित आठवटा विधेयकको मस्यौदा प्रस्तुत गरेका थिए । उनले कैलारी गाउँपालिकाको वन जंगल तथा वातावरण संरक्षण ऐन २०८०, कैलारी गाउँपालिकाको भलमन्सा प्रणाली संरक्षण तथा विकास ऐन २०७८ (पहिलो संसोधन), कैलारी गाउँपालिकामा रहेका तालतलैया सरक्षण तथा प्रवर्द्धन कार्यविधि २०८०, कैलारी गाउँपालिकाको बालश्रम नियमन उद्धार तथा व्यवस्थापन कार्यविधि २०८०, कैलारी गाउँपालिकाको एकीकृत बालविकास कार्यक्रम संचालन कार्यविधि २०८०, कैलारी गाउंपालिकाको विपद जोखीम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०८०, कैलारी गाउँपालिकाको एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०८० र कैलारी सिकलसेल रोग/थालासेमिया एनिमिया न्यूनिकरण कार्यविधि २०७६ दोस्रो संसोधन २०८०, विद्येयकको मस्यौदा प्रस्तुत गरेका थिए ।


गाउँसभामा प्रस्तुत विद्येयकको मस्यौदाबारे अध्ययनका लागि समय दिइएको छ । गाउँसभामा बैठकमा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीलगायत गाउँसभाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, सामाजिक विकास शाखा प्रमुख यगम कलेल लगायतको सहभागिता रहेको थियो ।