धनगढी । नेपालमै पहिलोपटक कैलालीको धनगढीमा राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को आयोजना गरिने भएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रालिको आयोजनामा अवार्ड हुने भएको हो । राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० का बारेमा आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।
नेपालमा पहिलोपटक थारु चलचित्र, म्युजिक भिडियो तथा थारु लोक कला क्षेत्रका कलाकारहरुलाई सम्मान स्वरुप आगामी चैत्र ३ गते राष्ट्रिय स्तरको अवार्ड आयोजना गरिएको आयोजकले जनाएको छ ।
पछिल्लो समय बदलिँदो परिवेशसँगै थारु कलाकारहरुलाई समाज, सस्कृति, भाषा तथा कला क्षेत्रको विकासमा जागरुक गर्न र उत्प्रेरित गराउने उद्देश्यसहित नेपालमै पहिलोपटक राष्ट्रिय थारु म्युजिक अवार्ड गर्न लागिएको आयोजक बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रालिका अध्यक्ष हरेन्द्र चौधरीले बताए ।
उनकाअनुसार म्युजिक अवार्डमा देशभरका सम्पूर्ण थारु कलाकारलाई उत्साहपूर्वक सहभागिता गराउने लक्ष्य राखिएको छ । जसका लागि ७ वटै प्रदेश तथा जिल्ला कार्यसमिति मार्फत कलाकार मनोनयन प्रक्रियामा सहभागी गराउन राष्ट्रिय थारु कलाकार मञ्च केन्द्रीय समिति मार्फत हरेक प्रदेश समितिसहित सबै कलाकारहरुलाई समन्वय गरिनेछ ।
म्युजिक अवार्डमा सर्वोत्कृष्ट आधुनिक गायनतर्फ पुरुष र महिला, सर्वोत्कृष्ट लोकगीत गायनतर्फ पुरुष र महिला, सर्वोत्कृष्ट पप गायनतर्फ पुरुष र महिला, सर्वोत्कृष्ट गायनतर्फ पुरुष र महिला विधामा मनोनयन दर्ता गर्न सकिनेछ ।त्यस्तै, सर्वोत्कृष्ट फिल्म स्क्रिप्ट लेखन, गीत स्क्रिप्ट लेखन, फिल्म निर्देशक, म्युजिक भिडियो निर्देशक, द्वन्द निर्देशक, संगीतकार, छायांकार, दृश्य सम्पादक मनोनयन दर्ता गर्न सकिनेछ । सर्वोत्कृष्ट नव प्रतिभातर्फ पुरुष र महिला, सर्वोत्कृष्ट एल्बम, गीत, मोडलतर्फ पुरुष र महिला,, सर्वोत्कृष्ट युगल मोडल, म्युजिक कम्पनी, कला पत्रकारिता गरि २५ विधामा मनोनयन दर्ता गर्न खुला गरिएको छ ।
अवार्ड कार्यक्रममा सहभागीताका लागि यही माघ २१ गतेदेखि (ग्लोबल अनलाइन पे) अनलाइनमार्फत मनोनयन दर्ता प्रक्रिया खुल्ला गरेको आयोजकले जनाएको छ ।
फाराम भर्न तलको लिङ्कमा गएर सहभागी हुनुहोस् :
https://globalonlinepay.org/formBooking/65b67f89040211706459017