२१ मंसिर २०७९, बुधबार December 7, 2022

महिला सशक्तिकरणका लागि उत्कृष्ट काम गर्नेलाई सम्मान गरिने

१२ फाल्गुन २०७८, बिहीबार
महिला सशक्तिकरणका लागि उत्कृष्ट काम गर्नेलाई सम्मान गरिने

धनगढी । कैलारी गाउँपालिकामा महिला सशक्तिकरणका लागि उत्कृष्ट काम गर्ने संघसंस्था र व्यक्तिलाई सम्मान गरिने भएको छ ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा बिहीबार बसेको सहकारी तथा गैरसरकारी संघसंस्थाको संयुक्त बैठकले सो निर्णय गरेको हो । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मार्च ८ मा सम्मान गरिने महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले जानकारी दिइन् । उद्यमी महिला सशक्तिकरणका लागि उत्कृष्ट काम गर्ने महिला तीन, उत्कृष्ट महिला किसान एक जनालाई सम्मान गरिनेछ । यसैगरी, उत्कृष्ट सहकारीलाई सम्मानसहित हिंसा पीडित चार जनालाई नगद सहयोग गरिने चौधरीले जनाइन् । बैठकले म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गर्ने जनाइएको छ ।
बैठकमा महिला पुनस्र्थापना केन्द्र (ओरेक), समीक्षा महिला विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, श्रमशील महिला कृषि सहकारी संस्था, दलित महिला अधिकार मञ्च, चेतनशील महिला विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, सामाजिक सेवा अध्ययन केन्द्र लगायतको सहभागिता रहेको थियो ।