२० मंसिर २०८१, बिहीबार December 5, 2024

भौतिक उपस्थितिमा पठनपाठन गराउन अनुमति

२८ माघ २०७८, शुक्रबार
भौतिक उपस्थितिमा पठनपाठन गराउन अनुमति

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले गाउँपालिकाभरि रहेका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गराउन अनुमति दिएको छ ।
शुक्रबार बसेको गाउँपालिकास्थित शिक्षा समितिको निर्णय अनुसार गाउँपालिकाले फागुन १ गतेदेखि सम्पूर्ण विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गराउन अनुमति दिएको हो । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर भौतिक उपस्थितिमा पठनपाठनका नियमित कार्यक्रम सञ्चालन गर्नु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले जनाएका छन् ।
तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि गएको पुस मसान्तबाट कैलाली जिल्लाभरिकै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन स्थगित गरिएको थियो । इन्टरनेटको पहुँच भएका क्षेत्रमा वैकल्पिक विधिबाट पठनपाठनका कार्यक्रम भइरहे पनि इन्टरनेट नभएको ग्रामीण क्षेत्रका विद्यार्थी एक महिनादेखि पढन पाएका छैनन् । कोरोना सङ्क्रमण घट्दै गएकोले एक महिनापछि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठनका कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।