९ जेष्ठ २०८१, बुधबार May 22, 2024

धनगढीको ब्राइट वे पब्लिक स्कूललाई ब्रिटिश काउन्सिल फाउन्डेसन अवार्ड

१९ माघ २०७८, बुधबार
धनगढीको ब्राइट वे पब्लिक स्कूललाई ब्रिटिश काउन्सिल फाउन्डेसन अवार्ड

धनगढी । धनगढीको ब्राइट वे पब्लिक स्कूललाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त भएको छ ।
ब्रिटिश काउन्सिलद्वारा विभिन्न मापदण्डका आधारमा प्रदान गरिने ब्रिटिश काउन्सिल फाउन्डेसन अवार्ड धनगढीको ब्राइट वे पब्लिक स्कुलले पहिलोपटक पाएको हो ।
अन्तर्राष्ट्रियस्तरको सो पुरस्कारका लागि देशभरका करिब पचासभन्दा बढी विद्यालयले प्रतिस्पर्धा गरेका थिए । ब्राइट वे स्कुलले पहिलोपटककै सहभागितामा पुरस्कार पाएको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त मूल्यांकनका आधारमा वितरण गरिने अन्तराष्ट्रिय पुरस्कार ब्राइट वे ले पाएको विद्यालयका प्रिन्सिपल कुबेर साउदले बताए । विद्यार्थीहरुले गरेका विभिन्न प्रोजेक्ट वर्कको उत्कृष्टताको आधारमा सो अवार्ड वितरण हुँदै आएको छ । सन् २०२/२१ को अवधिमा विद्यार्थीहरुले गरेका विभिन्न क्रियाकलापको मूल्यांकन गरेर अवार्ड प्रदान गरिएको विद्यालयकी कार्यक्रम संयोजक इन्दिरा बोगटीले जानकारी दिइन् । यस अन्तर्गत विद्यार्थीहरुले भाषा तथा संस्कृतिको प्रस्तुति, डिजिटल साक्षरता, क्षमता विकास, सेमिनार र गोष्ठीमा सहभागिता लगायतका क्रियाकलाप गरेको उनले जानकारी दिइन् । कार्यक्रमबाट शिक्षकशिक्षिका सहित विद्यार्थीको क्षमता विकासमा ठूलो योगदान पुगेको उनको धारणा छ । सो विद्यालय धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५, हसनपुरमा रहेको छ ।