धनगढी, १२ माघ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा सुदूरपश्चिम प्रदेशको प्रमुख सहर धनगढीमा पहिलो पटक भव्य मःम महोत्सव आयोजना हुन गइरहेको छ ।
नेपालको हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ कटेज धनगढीको आयोजनामा यही माघ १६, १७ र १८ गते सम्म मःम महोत्सव हुन लागेको हो ।
स्थानीय स्वाद र नेपालीहरूको लोकप्रिय खानाका रूपमा स्थापित ममलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस महोत्सवमा २०० भन्दा बढी प्रकारका मःम परिकारको स्वाद लिन पाइने आयोजकले जनाएको छ ।
धनगढीको मुटुमा अवस्थित सिद्धार्थ कटेज केवल एक रेस्टुरेन्ट मात्र नभई पूर्ण पारिवारिक मनोरञ्जन र विलासिताको संगमस्थलका रूपमा परिचित छ । यहाँ लक्जरी रेस्टुरेन्ट, प्राइभेट डाइनिङ, शान्त पारिवारिक वातावरणमा स्वादिष्ट भोजन, स्विमिङ पुल, वाटर फन पार्क, साथै ठूला सभा–समारोह, तालिम तथा उत्सवहरूका लागि अत्याधुनिक हलहरूको सुविधा उपलब्ध रहेको छ ।
यसअघि सिद्धार्थ कटेजले नेपालगञ्जमा सन् २०८० सालदेखि सफलतापूर्वक मःम फेस्टिभल आयोजना गर्दै आएको अनुभव छ । चौथो संस्करणसम्म आइपुग्दा २०० भन्दा बढी प्रकारका मःम परिकार प्रस्तुत गरिसकेको उक्त सफल अभ्यासलाई निरन्तरता दिँदै धनगढीमा पनि पहिलो पटक यति ठूलो स्तरको मःम महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू समेत रहनेछन् । स्थानीय पहिचान झल्काउने परिकार, परम्परागत स्वाद र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले राखिने यी स्टलहरूले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवमा पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्याण्ड तथा कलाकारहरूको प्रस्तुति रहनेछ भने तेस्रो तथा अन्तिम दिन पनि सांस्कृतिक कार्यक्रमसँगै मम मेकिङ र डम्प्लिङ कम्पिटिसन आयोजना गरिनेछ ।
सिद्धार्थ ग्रुपले हाल देशभर होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफे गरी ३३ वटा आउटलेटमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। स्थानीय खाद्य परिकारको प्रवद्र्धन र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना हुन लागेको यस मःम महोत्सवमा सहभागी भई विविध स्वाद, स्थानीय संस्कृति र मनोरञ्जनको आनन्द लिन सिद्धार्थ कटेज धनगढीले सम्पूर्णलाई हार्दिक निमन्त्रणा गरेको छ।