१५ बैशाख २०८३, मंगलवार April 28, 2026

युनिक नेपालद्वारा बीमा रकम हस्तान्तरण

२६ पुष २०८१, शुक्रबार
युनिक नेपालद्वारा बीमा रकम हस्तान्तरण

बाँके, २६ पुस । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेवाग्राही सदस्यको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।
वित्तीय संस्थाको खजुरा शाखा अन्तगरत केन्द्र सदस्य तस्लीमा खातुन खाँको कालगतीका कारण निधन भए पश्चात उनको परिवारको हकवाला छोरी जाहिदा खातुन खाँलाई बिमा बाफतको रकम हस्तान्तरण गरिएको हो ।
राहत सुविधा रकम खजुरा गाउपालिका कार्यपालिका सदस्य सुग्गुन हरिजनले हस्तान्तरण गरेकी हुन् । कार्यपालिका सदस्य हरिजनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गरिब तथा विपन्न वर्गका परिवारहरुको आर्थिक तथा सामाजिक विकासमा युनिक संस्थाले योगदान पु¥याएको बताइन् । साथै युनिक नेपालले ग्राहक संरक्षणमा गरिरहेका कार्यहरुको प्रशंसा समेत गरिन् ।
संस्थाका कार्यकारी निर्देशक तथा लघुवित्त विज्ञ डा. गोपाल दहिले एक कार्यक्रमको आयोजना गरि युनिक नेपाल वित्तीय संस्थाबाट लिएको कर्जा बीमा वापतको राहत सुविधा रकम रु.१० लाख १४ हजार ४२४ रुपैयाँ भुक्तानी गरिएको बताए ।
कार्यकारी निर्देशक दहितका अनुसार सदस्यले ऋण लिए बाफत श्रीमानको रु १०० को एक वर्षको बिमा गर्दा मात्रै पनि कुनै घट्ना भईहाले युनिकले रु ३० हजार सम्मको किरिया खर्च सुबिधा दिने र सदस्य कालगतिका कारण निधन भएको हकमा १३.५ प्रतिशत सुविधा प्रदान गर्ने साथै नियमानुसार बिमा सुविधा तथा तिर्न बाँकी कर्जा समेत तिर्न नपर्ने बताए ।
पुर्व मन्त्री समेत रहेका दहितले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड दुःख र सुख दुबैमा साथ सहयोग तथा सेवाग्राहीमुखी रहेको समेत रहेको बताए ।
उनले सदस्यको कालगतिले मृत्यु भएको हुँदा निजको आश्रित परिवारलाई नगद राहत उपलब्ध गराउनुका साथै तिर्न बाँकी कर्जा तिर्न नपर्ने बताए ।
बीमा राहत भुक्तानी कार्यक्रममा युनिक नेपालका कार्य सञ्चालन तथा कर्जा विभाग प्रमुख मदन चौधरी, सामान्य सेवा विभाग प्रमुख नरेन्द्र थारु, केन्द्र सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।