२ असार २०८१, शनिबार June 15, 2024

दुबईमा गायिका सोनु कुश्मीको दमदार प्रस्तुती

९ माघ २०८०, मंगलवार
दुबईमा गायिका सोनु कुश्मीको दमदार प्रस्तुती

दुबई । दुबईमा आयोजित माघ मिलन कार्यक्रममा गायिका सोनु कुश्मी आफ्नो दमदार प्रस्तुती दिएकी छन् ।
थारु कल्याणकारीणी सभा युएईले आयोजना गरेको १०औँ बार्षिक भेला र माघ मिलन कार्यक्रममा उनले आफ्नो चर्चित गीत मार्फत दर्शकहरुलाई नचाएकी हुन् । सोही कार्यक्रममा गायक प्रकाश माझीले पनि आफ्नो प्रस्तुतिले दर्शकहरुलाई नचाएका थिए ।


कार्यक्रम संस्थाका सभापति भागरथि कुमार भगतको सभातित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघका अध्यक्ष बिक्रम लिम्बु रहेका थिए । कार्यक्रममा थाकस युएईका प्रथम उपाध्यक्ष्य तथा माघी कार्यक्रमको प्रमुख संयोजक तुलसी महतोले स्वागत मनत्यब्य दिएका थिए भने शुभकामना मनतब्य संस्थाका महासचिन खेम महतोले दिएका थिए ।


सोही कार्यक्रममा भाग्यशाली चिठ्ठाको नतिजा पनि निकालिएको थियो । थाकस युएई द्वारा आयोजित भाग्यशाली उपहार संस्थाका महिला प्रमुख जानकी महतोले नतिजा निकालेकी थिइन् ।
कार्यक्रमका संयोजक तुलसी महतो, रमानन्द चौधरी, भुपेन्द्र थनेत, यम चौधरी, जितेन्द्र महतो, अभिमन्यु चौधरी, पबि महतो, सानु चौधरी, रमन चौधरी, कृषण चौधरी लगायत सम्पुर्ण केन्द्रिय सदस्यहरुको मुख्य भूमिका रहेको थियो । कार्यक्रम संचालन गायक केशब राज महतोले गरेको थिए ।