८ बैशाख २०८३, मंगलवार April 21, 2026

धनगढीको मोतिचौकमा सरसफाई

२५ पुष २०८०, बुधबार
धनगढीको मोतिचौकमा सरसफाई

धनगढी, २५ पुस । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मोतिचौकमा सरसफाई गरिएको छ ।
मोतिचौक बजार व्यवस्थापन समितिको आयोजनामा सरसफाई गरिएको हो । ‘आफ्नो ठाउँ आफै सरसफाई गरौं’ भन्ने मूल अभियान सहित मोतिचौक बजार सरसफाई गरिएको बजार व्यवस्थापन समितिका सल्लाहकार राज चौधरीले बताए ।


सल्लाहकार चौधरीका अनुसार सिस्टम बसाल्नका लागि स्थानीय व्यापारी र चार जनालाई ज्याला मजदुरी दिएर सरसफाई अभियान सुरु गरेको बताए । बुधबार सुरु भएको अभियान अन्र्तगत पुरानो जनआवाज एफएम देखि मनेहरा चौकसम्म फोर लेन सडक अन्र्तगत दायाँबायाँ रहेको धुलोमैलो सफा गरेको उनले बताए ।