८ बैशाख २०८३, मंगलवार April 21, 2026

माघमा बिदा माग सहित मुख्यमन्त्री शाहलाई ध्यानाकार्षण पत्र

२४ पुष २०८०, मंगलवार
माघमा बिदा माग सहित मुख्यमन्त्री शाहलाई ध्यानाकार्षण पत्र

धनगढी, २४ पुस । थारु समुदायको महान तथा नयाँ वर्षको रुपमा लिइने माघ पर्वमा बिदा माग सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकार्षण पत्र बुझाइएको छ ।
मंगलबार थारु सम्बद्ध संघ संगठनले बिदाको माग सहित मुख्यमन्त्री शाहलाई ध्यानाकार्षण पत्र बुझाएका हुन् । थारु कल्याणकारिणी सभा कैलालीका सभापति बीरबहादुर चौधरीको नेतृत्वमा गएको टोलीले माघ पर्व पुस मसान्तको अन्तिम दिन देखि सुरु हुने भएकोले पुस अन्तिम दिन देखि माघ ३ गतेसम्म ४ दिन बिदा माग गरेको हो ।


थारु नागरिक समाज कैलालीका अध्यक्ष दिल बहादुर चौधरीले माघ पर्व थारु समुदायको नयाँ वर्षको रुपमा मनाउने भएकोले र पुस अन्तिम दिनमा नै माघको लागि खानपानको जोहो गर्ने, जिता मार्ने, लहानका लागि निस्किने कार्य गर्नुपर्ने भएकोले पुस महिनाको अन्तिम दिन देखि नै माघ पर्व सुरु हुने बताए । उनले माघ पर्वको चरम उत्कर्ष भनेकै पुस अन्तिम दिन र माघ १ र २ गते सम्म हुने र क्रमशः घट्ने हुँदा पुस अन्तिम दिन नछुटाई माघ ३ गतेसम्म ४ दिन बिदा मिलाई दिन मुख्यमन्त्री शाहलाई आग्रह गरेको बताए ।