२० माघ २०७९, शुक्रबार February 3, 2023

गौरीगंगामा माघ मिलन

८ माघ २०७९, आईतवार
गौरीगंगामा माघ मिलन

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–१ मा शनिबार माघी मिलन सम्पन्न भएको छ ।
माघी मिलन संचालन समितिको आयोजना र वडा नम्बर १ को वडा कार्यालयको ५० हजार सहयोगमा कार्यक्रम भएको थियो । माघी मिलन कार्यक्रम संचालन समितिका संयोजक नवीन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नगर उपप्रमुख भोज बहादुर बमले गरेका थिए । कार्यक्रममा थारुहरुको संस्कृतिलाई पुर्ण सहयोग रहने बताएका छन् । समाजलाई अगाडी बढाउन महिलाहरुको विशेष सहयोग रहेको बताए ।
कार्यक्रममा वडा अध्यक्ष डवल डियाकोटी, पूर्व वडा अध्यक्ष जगत राम चौधरी, कार्यपालिका सदस्य मदन नेपाली, पशुपति माध्यमिक विद्यालयका अध्यक्ष अमर छन्टेल लगायतकाले शुभकामना दिएका थिए ।
कार्यक्रममा गायक तुफान राजवंशी, गायिका सोमति चौधरी, सुनिता चौधरी र मोडेल सुनिता दहितको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा सखिया नाच, झुम्रा नाच,धमार र खानपानको व्यवस्था रहेको थियो ।