१९ फाल्गुन २०८०, शनिबार March 2, 2024

कंचनपुरमा नागरिक उन्मुक्ति पार्टीको नगर स्तरीय अन्तरक्रिया

५ माघ २०७९, बिहीबार
कंचनपुरमा नागरिक उन्मुक्ति पार्टीको नगर स्तरीय अन्तरक्रिया

कंचनपुर । नागरिक उन्मुक्ति पार्टी कंचनपुर जिल्लाको नगर स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।

कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका नगर स्तरीय अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रम कृष्णपुरस्थित हरियाली सामुदायिक वनको सभा हलमा भएको थियो ।

आगामी दिनमा पार्टीलाई कसरी लैजाने कार्य योजना, बिगतमा भएका त्रुटि सुधार गरि सकारात्मक रुपमा दिगो विचार, अगामी आउने चुनाबका लागि रणनीति बनाउने जस्ता विषयमा छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष सुनिता चौधरी, केन्द्रीय सदस्य राजेन्द्र प्रसाद देवकोटा, कंचनपुरका स्थानीय नाउपाका नन्द कुमार राना, पतिराम चौधरी, काली चौधरी, पल्टु राना, सन्जिप चौधरी, धन बहादुर चौधरी लगायत आआफ्नो बिचार राखेका थिए ।

कार्यक्रम यज्ञ चौधरीको सभाअध्यक्षतामा भएको थियो भने संचालन सन्तराम चौधरी गरेका थिए ।
त्यसैगरी कार्यक्रममा स्थानीय बुद्धिजीवी, नेता, भलमन्सा लगायत पार्टी संग आबद्ध सरोकार वालाहरुको उपस्थिति रहेको थियो ।