कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि २९ साँसदको समर्थन सहित राजेन्द्रसिंह रावलले दावी पेश गरेका छन् ।
रावलले सत्ता गठबन्धन भित्रका ११ माओवादी, १० एमाले, ७ नाउपा र १ राप्रपा साँसदको समर्थन सहित दावी पेश गरेका हुन् । रावलले एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्तिका र राप्रपा गरी कम्तीमा २९ सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् ।
५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउँन २७ संसद आवश्यक पर्छ । जसमा कम्तीमा एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ राप्रपा १ गरी २९ सांसदलाई लिएर रावलले दाबी पेश गर्न लागेका हुन् ।
केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो पालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ ।