२ असार २०८१, शनिबार June 15, 2024

नुक्लिपुरको भलमन्सामा पुनः हिंगुराम

१४ माघ २०७८, शुक्रबार
नुक्लिपुरको भलमन्सामा पुनः हिंगुराम

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिका–१० नुक्लिपुर गाउँको भलमन्सामा पुनः हिंगुराम चौधरी चयन भएका छन् । शुक्रबार भएको सो गाउँको भुरा खेल (भेला) बाट चौधरीलाई दोस्रो कार्यकालका लागि भलमन्सा चयन गरिएको हो । त्यस्तै, अघरियामा सागर चौधरी र कोषाध्यक्षमा चेतराज चौधरी चयन भएका छन् । गाउँवासीकोे भेलाले सुनिल चौधरी र महेश चौधरीलाई भन्सरिया (गाउँवासीको खानपानको बेला खाना पकाउने) चयन गरेको छ ।
माघी पर्वपछि थारु समुदायमा भलमन्सा चयनको कार्य चलिरहेको छ । यो समुदाय परम्परागत भलमन्सा प्रथाबाट चल्दै आएको छ । भलमन्सा गाउँको नेतृत्व गर्ने व्यक्ति हुन । भलमन्साले गाउँमा विकास निर्माणको कार्यदेखि लिएर भोजभतेरमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने, सामान्य झैझगडा, विवाद मिलाउने जस्ता काम गर्ने गर्दछन् ।