२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण

५ माघ २०७८, बुधबार
योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा योजना उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयन सम्बन्धी अभीमुखीकरण गरिएको छ ।
गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ का विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभीमुखीकरण गरिएको हो । योजनाको काम समयमा सपन्न गर्न, सम्पन्न भएको योजनाको सहज तरिकाले भुक्तानी लिन, जनता प्रति जवाफदेही र पारदर्शी बनाउन अभिमुखीकरण गरिएको हो । यसका साथै योजनाको गुणस्तर कायम गर्न र निकासा प्रक्रियाका लागि सहज तरिकाले आवश्यक कागजात तयारी गर्नका लागि अभिमुखीकरण गरिएको योजना शाखा प्रमुख सन्तोष कुमार चौधरीले बताए ।
कार्यक्रममा पूर्वाधार विकास समिति संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष कमल प्रसाद चौधरी अभिमुखीकरणले उपभोक्ता समितिलाई सहज हुने बताए । उनले उपभोक्ता समितिलाई भुक्तानी लिन र भुक्तानीका लागि फाइल तयार गर्न हुने असजता लगायत योजनाको गुणस्तर, उपभोक्ता समितिलाई जनताप्रति जवाफदेही बनाउन सहज पुग्ने बताए ।
अभिमुखीकरण कार्यक्रममा योजना शाखा प्रमुख सन्तोष कुमार चौधरी, हिमाल चौधरीले अभिमुखीकरण गरेका थिए । कार्यक्रममा वडा सदस्य फिरु चौधरी, उपभोक्ता समितिका पदाधिकारी सोमली देवी चौधरी, हनुमान चौधरी, गौरी देवी चौधरी लगायत मनतब्य राखेका थिए ।
अभिमुखीकरण कार्यक्रममा उपाभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।