४ बैशाख २०८१, मंगलवार April 16, 2024

घोडाघोडी नगरपालिकाद्वारा पुस ३० गते स्थानीय विदा

२९ पुष २०७८, बिहीबार
घोडाघोडी नगरपालिकाद्वारा पुस ३० गते स्थानीय विदा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले भोलि पुस ३० गते स्थानीय विदा दिएको छ ।
थारु समुदायको महान पर्व माघको उपलक्ष्यमा स्थानीय विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहद्वारा जारी सूचनामा उल्लेख छ ।
नगरपालिकाभित्रका सबै कार्यालय, सघं संस्था तथा शिक्षण संस्थामा १ (एक) दिन स्थानीय विदा दिने भनि नगर कार्यपालिकाले निर्णय गरेको छ ।