२१ मंसिर २०७९, बुधबार December 7, 2022

ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण

२९ पुष २०७८, बिहीबार
ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण

कैलाली । कैलालीस्थित कैलारी गाउँपालिकाको महिला तथा बालबालिका शाखाले २७ जना ज्येष्ठ नागरिकलाई बिहीबार ब्ल्याङ्केट वितरण गरेको छ ।
ज्येष्ठ नागरिकलाई जाडोमा राहत हुने विश्वासकासाथ महिला तथा बालबालिका शाखाले १८ महिला र नौ पुरुष गरी २७ जना ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट दिएको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा भएको ब्ल्याङ्केट वितरण कार्यक्रममा उपाध्यक्ष लक्ष्मी सत्गौंवासहित वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
ज्येष्ठ नागरिकहरुलाई अध्यक्ष चौधरी र उपाध्यक्ष सत्गौंवासहित वडा अध्यक्षहरुले ब्ल्याङ्केट वितरण गरेका थिए ।
सो शाखाले हरेक वर्ष लक्षित वर्गका व्यक्तिलाई न्यानो कपडा दिदैं आएको छ । गाउँपालिकाभरिबाटै छानेर पाका उमेरका ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट दिएको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले जानकारी दिइन् । गाउँपालिकाका नौ वटै वडा कार्यालयहरुले पनि लक्षित वर्गको सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई न्यानो कपडा दिदैं आएका छन् ।