७ बैशाख २०८१, शुक्रबार April 19, 2024

घोडाघोडी नगरपलिकाद्वारा सावधानी अपनाउन आग्रह

२९ पुष २०७८, बिहीबार
घोडाघोडी नगरपलिकाद्वारा सावधानी अपनाउन आग्रह

कैलाली । कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट संक्रमण पुनः बढ्न थालेपछि घोडाघोडी नगरपलिकाले ८ बुँदे सुचना जारी गरेको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरि पालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले ८ बुँदे सुचना जारी गरी नगरबासीहरुलाई सावधानी अपनाउन आह्वान गरेका हुन् ।
नगरपालिकामा बढ्दै गईरहेकाले संक्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय र जिल्ला प्रमुख अधिकारीबाट जारी आदेश अनुसार घोडाघोडी नगरपालिकामा हिजो बुधबार राति १२ देखि अर्को सुचना नभएसम्म लागु हुने गरी सुचना जारी गरिएको छ ।
सुचना लागु भएपछि एकै स्थानमा भौतिक रुपमा २५ जनाभन्दा बढी उपस्थित हुने गरी सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रर्दशन, भेला, मेला, जात्रा, महोत्सव लगाएतका सम्पूर्ण कार्य संचालन नगर्ने/नगराउने सुचनामा उल्लेख छ ।


सबै आधारभुत तथा माध्यमिक बिद्यालयहरु संचालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सुचना समेतलाई मध्य नजर गरी २०७८ माघ १५ गते सम्म भौतिक उपस्थितिमा पठनपाठन संचालन नगर्ने÷नगराउने, तर पूर्व निर्धारित परिक्षा संचालन कार्यलाई भने स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी बसाई व्यवस्थापन सहित संचालन गर्ने ÷गराउने, सामाजिक, धार्मिक, साँस्कृतिक चाडपर्व मनाउनु पर्दा बढी मानिसको जमघट नहुने गरी मनाउने, सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने आदेशमा उल्लेख छ ।
चालक, सहचालक र सबै यात्रुहरुले अनिवार्यरुपमा मास्क लगाउने, मास्क बिना यात्रुलाई सवारी साधन प्रयोग गर्न रोक लगाउने, सिट क्षमता अनुसार मात्र यात्रु राखि सार्वजनिक तथा निजी सवारी साधन चलाउने, नगरपालिका स्थित सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, उद्योग कलकरखाना, व्यापार व्यवसाय, बैंक र वित्तिय संस्थाहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, कार्यालयमा सेवा लिन आउदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने रअ गराउने, अत्यावश्यक काम बाहेक घर बाहिर निस्केर भिडभाड नगर्ने÷नगराउने लगाएतका सुचना जारी गरिएको छ ।