२० मंसिर २०८१, बिहीबार December 5, 2024

कैलालीमा स्मार्ट लकडाउन, सार्वजनिक स्थलमा अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्ने

२८ पुष २०७८, बुधबार
कैलालीमा स्मार्ट लकडाउन, सार्वजनिक स्थलमा अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्ने

धनगढी । जिल्ला प्रशासन कैलालीले स्मार्ट लकडाउन सहित कडाइ गर्ने भएको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रशासनले लकडाउन सहित कडाइ गर्ने भएको हो ।
बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले आज राती १२ बजेदेखि अनिश्चितकालका लागि लागू हुने गरि बिभिन्न निर्णय गरेको प्रशासनले जनाएको छ ।
कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, संक्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरेको हो ।
अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश रहेकोछ । यस्तै भिडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला गर्न पाइने छैन ।
सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् । पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।