८ बैशाख २०८१, शनिबार April 20, 2024

राप्रपाद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

२८ पुष २०७८, बुधबार
राप्रपाद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

हसुलिया । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति कैलालीले कैलारी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
सो पार्टीले कोभिडका बिरामीको उपचारमा सहयोग पुग्ने भन्दै सात वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । राप्रपा कैलालीका अध्यक्ष होमबहादुर गुरुङले बुधबार गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे ।
सो क्रममा गुरुङले कोरोना सङ्क्रमितको बिरामीको उपचारमा सहयोग पु¥याउन गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर दिएको बताए । उनले अमरधन मेमोरियल फाउन्डेशनमार्फत अक्सिजन कन्सन्ट्रेटर आएको उल्लेख गरे ।
दोस्रो लहरको सङ्क्रमणको क्रममा कैलारी गाउँपालिकाले वडा नम्बर ५ को बैजपुरमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेर कोरोना सङ्क्रमित बिरामीको उपचार गरेको थियो । पछिल्लो समय फेरि सङ्क्रमण बढ्न थालेको छ ।