७ बैशाख २०८१, शुक्रबार April 19, 2024

बाल कल्याण संघद्वारा स्वास्थ्य सामग्री सहयोग

२३ पुष २०७८, शुक्रबार
बाल कल्याण संघद्वारा स्वास्थ्य सामग्री सहयोग

हसुलिया । बाल कल्याण संघ टीकापुरले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पु¥याउने उद्देश्यले सो संस्थाले व्यक्तिगत स्वास्थ्य सुरक्षा तथा खोप अभियान व्यवस्थापन सामग्री सहयोग गरेको हो । संस्थाका प्रोग्राम अफिसर कविता सुवेदीले योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीलाई सामग्री हस्तान्तरण गरिन् । कोभिड प्रतिकार्य सवलिकरण परियोजना अन्तर्गत ति सामग्री सहयोग गरिएको छ ।
बाल कल्याण संघले पीपीई सेट २५ थान, एन्टिसेफ्टिक साबुन छ थान, सेनिटाइजर, फेस शिल्ड, आइसोलेशन गाउन, बायोह्याजार्ड ब्याग, सर्जिकल÷रेस्पीरेटर मास्क लगायतका सामग्री सहयोग गरेको गाउँपालिका कर्मचारी रविन्द्रकुमार चौधरीले जानकारी दिए ।