९ जेष्ठ २०८१, बुधबार May 22, 2024

जेष्ठ नागरिकलाई सम्मान

२३ पुष २०७८, शुक्रबार
जेष्ठ नागरिकलाई सम्मान

हसुलिया । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले द्वन्द्व पीडित, अपाङ्गता भएका, जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान सहित ब्ल्यांकेट वितरण गरेको छ ।
चिसोले जनजीवन प्रभावित भइरहेको बेला वडा कार्यालयले लक्षित वर्गलाई सम्मान सहित एक/एक वटा ब्ल्यांकेट वितरण गरेको हो । जाडोबाट जोगिन सहयोग पुग्ने भन्दै वडा कार्यालयले लक्षित वर्गलाई सम्मान कार्यक्रमको आयोजना गरेर ब्ल्यांकेट वितरण गरेको हो । द्वन्द्व पीडित, ज्येष्ठ नागरिक, आपाङ्गता भएका व्यक्ति, एकल महिला सहित ४७० जनालाई ब्ल्यांकेट दिइएको वडा अध्यक्ष भीखराम चौधरीले जानकारी दिए ।


कार्यक्रममा प्रमुख अतिथि रहेका कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, सामाजिक विकास अधिकृत यगम कलेल, वडा सदस्यले ब्ल्यांकेट हस्तान्तरण गरेका थिए । ब्ल्यांकेट पाएपछि ज्येष्ठ नागरिक लगायत विपन्न व्यक्ति खुशी भएका छन् ।