कैलाली । कैलालीमा होमस्टे एसोसिएशन जिल्ला समन्वय तदर्थ समिति गठन गरिएको छ ।
कैलाली जिल्लामा रहेका सामुदायिक तथा निजी होमस्टे सञ्चालकहरुको बुधबार थारु सामुदायिक होमस्टे भादा गाउँमा भएको एक भेलाले उक्त समिति गठन गरेको हो । होमस्टे एसोसिएशन नेपालका केन्द्रीय सल्लाहकार तिलक ढकालको प्रमुख आतिथ्यमा भएको भेलाले बसन्ता कोरिडोर थारु सामुदायिक होमस्टेका सचिव तुनीराम चौधरीको संयोकजत्वमा ११ सदस्यीय समिति गठन गरेको हो ।
जसको सदस्यहरुमा क्रमशः सुनिता चौधरी, मानबहादुर चौधरी, सिताराम चौधरी, पुनाराम चौधरी, श्यामकुमारी चौधरी, भागीराम चौधरी र दिनेश कुमार चौधरी रहेका छन् भने समितिको अर्को बैठकबाट थप सदस्य मनोनयन गनेए जनाएको छ ।
कार्यक्रममा होमस्टे एसोसिएशनका केन्द्रीय उपाध्यक्ष रामबहादुर थारु, केन्द्रीय सचिव कृष्णलाल चौधरी, पूर्व केन्द्रीय सदस्य पूर्ण चन्द्र उपाध्याय, प्रदेश अध्यक्ष लक्ष्मी नारायण चौधरी लगायतका अतिथी रहेका थिए ।