९ जेष्ठ २०८१, बुधबार May 22, 2024

जनता नमूना आधारभूत विद्यालयको अध्यक्षमा बम

२० पुष २०७८, मंगलवार
जनता नमूना आधारभूत विद्यालयको अध्यक्षमा बम

हसुलिया । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ मा रहेको जनता नमूना आधारभूत विद्यालयको नयाँ कार्यसमिति चयन गरिएको छ ।
आईतबार भएको भेलाले दिपेन्द्र बमको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरेको हो । समितिको सदस्यहरुमा क्रमशः जगदीश चौधरी, राम बहादुर चौधरी,जुगमानी देवी चौधरी, रामपति देवी चौधरी, शारदा देवी चौधरी रहेको छन् । कार्यक्रममा वडा सदस्य फिरु चौधरी, शिक्षा शाखा प्रमुख गणेश मिश्र, समाजसेवी, भलमन्सा, राजनैतिक दलका प्रतिनीधी, सुरक्षा निकाय, जनता युवा क्लवका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।