११ माघ २०८१, शुक्रबार January 24, 2025

कञ्चनपुरमा छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन हुने

१७ पुष २०७८, शनिबार
कञ्चनपुरमा छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन हुने

कञ्चनपुर १७ पुस । छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ । आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ।
उनको संयोजकत्वमा जिल्लाका नौ वटै स्थानीय तह समेटिने गरी १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिमा सुनिता चौधरी, दुर्गा चौधरी, सुमन चौधरी, लक्ष्मी चौधरी, खुसीराम चौधरी, हवल्दार चौधरी, जीत बहादुर चौधरी र मेवाराम चौधरी सदस्यका रूपमा रहेका छन् । सम्मेलन सम्पन्न गर्नका लागि थारु कल्याणकारी सभा कञ्चनपुर, स्थानीय आयोजक तथा थारु लेखक सङ्घको आन्तरिक सहमतिमा संयोजन गर्ने आधार तय गरिएको सङ्घका केन्द्रीय सदस्य मोहनप्रसाद चौधरीले बताए ।
जिल्लाका साहित्यिक मुद्दा उठानका लागि बीरबहादुर राजवंशीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । थारु साहित्य सम्मेलनमा थारु समुदायका साहित्यिक कृति र ओझेलमा रहेका संस्कृतिका बारेमा गहन छलफल तथा विश्लेषणको कार्य हुने छ । सम्मेलनका लागि रु १० लाख बढी खर्च लाग्ने बताइएको छ । सम्मेलनमा देशभरिका थारु साहित्यकार, बुद्धिजीवी, लेखकको जमघट हुने जनाइएको छ ।