१० चैत्र २०८१, सोमबार March 24, 2025

वैदेशिक रोजगारीबाट श्रमशोषणमा परेर फर्किन्छन महिला

२५ आश्विन २०७८, सोमबार
वैदेशिक रोजगारीबाट श्रमशोषणमा परेर फर्किन्छन महिला

प्रेम चौधरी
कैलाली, २५ असोज ।
जंगलको किनारमा बनाएको सानो झुपडी, बर्खाको बेला सधै टप–टप पानी चुहिने घरको छानोमा टिनको पाता लाउने, बालबच्चाको पालनपोषण, शिक्षा दिक्षामा सहयोग पु¥याउने सपनाले चिन्तादेवी वादीलाई विदेशको गन्तव्यतिर आर्कषण ग¥यो ।
घरमा श्रीमानको कमाई नभएकोले एकतिर सधै कचकच, अर्कोतिर गरिबीले जीवन धान्नै नसक्ने बाध्यताले समाजमा टिकी नसक्नु भएपछि कैलालीको लम्की–चुहा नगरपालिका–३ बलचौरकी ३५ बर्षिय चिन्तादेवीलाई वैदेशिक रोजगारको लागि कुवेततिर डो¥यायो । अन्य महिलाको जस्तो हैसियत बनाउन हरप्रयास विफल हुँदै जाँदा केही सिप नचलेपछि सामाजिक भूमिकामा बाँच्नकै लागि बाध्यताबस दुई बर्षे दुधे बालकलाई श्रीमानको जिम्मा लगाई तीनबर्ष अगाडी दलाल मार्फत भारतको बाटो भएर चिन्तादेवी कुवेत पुगेकी थिइन ।
कञ्चनपुरकी एक थापा थरकी महिलाले आफूलाई कुवेत पठाउनेबेला धेरै रुपिया, सेवा, सुविधा, आराम हुन्छ भनेपछि सधै आर्थिक अभावमा बाँचेकी चिन्तादेवी अब त आफ्नो सोचेको सपना सकार हुने भयो भनेर मख्ख पर्दै कुवेत उडेकी बताइन ।
‘त्यहाँ पुग्दा आठ जनाको लागि खाना पकाउने, घर सरसफाई गर्ने, लुगाकपडा धुने लगायत घरेलु कामदारको रुपमा एक घरमा दैनिकी सुरु भयो,’ चिन्तादेवीले भने–‘कुवेत जाँदा त्यहाँको भाषा, चालचलन, कानून, धर्मसंस्कृति, प्रणालीको बारेमा जानकारी नहुदा एक बर्षसम्म नसोचेको दुःख पाए ।’


‘घर मालिकले कुवेतको मासिक ८० रुपैया तलब तोक्यो । श्रमअनुसार भने खाने, बस्ने सुविधा भएन । उल्टै कामको चाँपले ठेग्नै नसक्ने भयो, उनले भनिन ।’ नेपालको श्रमस्वीकृति विना अवैधढंगले दलालमार्फत विदेश पुगेको थिए, काम गर्दाको मासिक तलब, काम गर्ने समय र पाउने सुविधाबारे केही पनि लिखित सहमति नहुँदा सबै पीडा सहेरै जसोतसो काम गरि रहँने चिन्तादेवीले भनिन । पछि काम अनुसार तलब नदिन नसक्ने भए मलाई घर फर्काईदिउ वा अन्तै काम लगाईदेउ भनेपछि मालकीनीको उल्टै कुटाई खानु परेको पिडा उनले सुनाइन ।
मालिकाको छोरा झन रक्सी खाएर प्राय राती आउने र उसकै लागि अबेर १२/१ बजेसम्म जाग्नु पर्ने र विहानफेरी उठेर घरको काम गर्नुपरेको भोगाई उनले सुनाइन । एक बर्षसम्म जसोतसो काम गरेपनि मालकिनी र उसको छोराको व्यवहारले त्यहाँ बस्न नसकी भाग्नु परेको उनले बताइन । काम गरेको तीन–चार महिनाको तलब पाउनु त कहाँ हो, झन नेपाल फर्किन लाग्दा आफुसंग भएको कुवेतको एक सय साठी रुपिया पनि मालिकाले खोस्यो । मालिकाको घरबाट भागेर नेपाली दुताबास पुग्दापनि आफुलाई त्यहाँ सहयोग नगरी उल्टै मालिकालाई फोन गरी उसंग पैसा खाई फेरी उसकै घर पु¥याएको उनले दुःखेसो पोखिन ।
दोस्रो पटक भागेर एयरपोर्ट पुग्दा वैदेशिक रोजगारबाट नेपाल फर्कीरहेकी एक जना थारु समुदायकी महिलाको सहयोगमा नेपालसम्म घर पुग्न सफल भएको चिन्तादेवी बताउछिन । विदेश जानु अघि सचेकी सपना पुरा हुना कहाँ हो कहाँ, घर पुग्दा फेरी उही घाँस (खरह)ले छाएको चुहिने झुपडी भेटाएको उनले बताइन, काम गरेर विदेशबाट पठाएको सात–आठ महिनाको तलब घरपरिवार पाल्नमै ठिक भएको रैछ उनले भनिन ।
श्रीमानले केही काम नगरि घरमा बसेपछि गाउँका धेरै महिला वैदेशिक रोजगारमा जान लाग्दा चिन्तादेवी फेरी ओमन गइन । त्यहाँ पनि श्रमअनुसार तलब नपाउदा कोरोना महामारीको पहिलो चरण सुरु हुनु अगावै ६ महिना पहिले नेपाल फर्किएको चिन्तादेवीले बटाइन ।
वैदेशिक रोजगारमा जा“दा श्रमशोषनमा परिएकी चिन्तादेवी एक प्रतिनिधि पात्र मात्रै हुन् । लम्की–चुहा नगरपालिका–३ बलचौरकै ३६ बर्षिय गीतादेवी वादी र २५ बर्षिय विष्णादेवी वादीकोे पीडा पनि कम छैन । वैदेशिक रोजगारीमा रहेर ३ बर्ष कुवेत बासी घर फर्किएकी गीतादेवी वैदेशिक रोजगारीमा रहदा सहनै नसक्ने पीडा खेपेको दुखेसो पोखिन ।
‘भारतिय बाटो हुदै श्रीलंकाबाट नेपाली चेलीमार्फत कुवेत पुग्दा त्यहाँको भाषा र रितिसंस्कृति नबुझदा अनेकन पीर कष्ट भोग्नु प¥यो, गीतादेवी वादीले भने, –‘एउटा काम विग्रदा दशलाट, दशबात खाएको र रुनासम्म पाएन, वैदेशिक रोजगारमा रहदा विहान ४ बजेदेखि राती १२ बजेसम्म मालिकले तोकेको मासिक ८० रुप्यामा काम गर्नु प¥यो ।’ ओभर टाइम गर्दापनि पैसा चाही कहिले बढाएर नदिएको गुनासो उनले सुनाइन ।
त्यस्तै घरमा कमाउने मान्छे कोही नभपछि वैदेशिक रोजगारका लागि कुवेत पुगेकी विष्णा पनि श्रमशोषणमा परेर एक बर्ष भन्दा बढि टिक्ना नसकी विदेशबाट भागेर नेपाल आएकी आफनो नालीबेली सुनाउछिन । दैनिक आठ घण्टा काम गराउने भनेर सहमति गराएपनि १५–१६ घण्टा बढी समय काम गराएको र तलब चाही श्रमअनुसार नदिदा घर फर्किएकी उनले बताइन । श्रीमान मुटुका रोगी थिए । उहाँको नौ बर्ष पहिले मृत्यू भइसकेको छ । विष्णाले भनिन –‘घरमा १२ बर्षिय छोरा र १० बर्षिय छोरी मात्र भएकोले कमाउने मान्छे नै नहुँदा वैदेशिक रोजगारका लागि विदेश जाँदा ठगिए ।, भारतको बाटो भएर वैदेशिक रोगजारमा जाने महिला शारीरिक अशक्त, विदेशबाटै बच्चा बोकेर फर्किने, गर्भवती अवस्था, र मानसिक विक्षिप्त अवस्थामा फर्किन लागेको एयरपोर्टमा भेटेको विष्णाले अनुभव सुनाइन ।
लम्की–चुहा नगरपालिका–३ बलचौरका स्थानीय तथा वडा सदस्य पार्वती देवी वादी बलचौरका वादी समुदायका प्रायजसो महिला वैदेशिक रोजगारका लागि दलल मार्फत भारतिय बाटोको प्रयोग गर्ने र उहीबाट दलालको चंगुलमा परी खाडी मुलुक पुग्ने गरेको बताउछिन । वडा सदस्य पार्वतीको अनुसार बलचौरका १५ जना वादी समुदायका महिला चालु आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीका लागि खाडी मुलकमा गएका छन । भने ८ जनाको भिसाको म्याद सकिएर (अवैध हुदाँ)त्यहाँबाट फर्किन नपाएको बताउछिन ।
सुदूरपश्चिम वादी उत्थान समाजका सचिव नन्दराम वादीले भने घरेलु कामदारको लागि वैदेशिक रोजगारमा जाने महिलाहरुका लागि सरकार फ्रि भिसा, फ्रि टिकट भनेको छ, त्यही भएर उनीहरु बढी गएका छन ।’ अहिलेसम्म बल्चौरका १ जना वादी महिलाले मात्र कम्पनीमा काम गर्ने भनेर श्रमस्वीकृति लिएर कतार गएको उहाँले बताउछन । ‘बादी समुदाय मगन्ते समुदाय हो । हामीसँग त्यति आयस्रोत छैन,’सचिव नन्दरामले भने,–‘कम्पनीमा काम गर्ने भनेर पुरुष वैदेशिक रोजगारमा जाँदा १ डेढ लाख रुपैया लाग्छ । त्यति आयस्रोत नहुँदा महिलाहरु भारतिय बाटो हुदै वैदेशिक रोजगारको लागि विदेश पुग्छन ।’
वैदेशिक रोजगारबाट फर्केका महिलालाई समाजले हेर्ने नजरिया फरक
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ रामपुरकी मनिषा चौधरी श्रीमानको कुटाई सहना नसकेपछि घरेलु कामदारको रुपमा कुवेत जान बाध्य भइन । वैदेशिक रोजगारमा गएको बेला यहाँ श्रीमानले सौतेनी भित्रयायो त्यति मात्र नभएर दुई बर्षपछि विदेशबाट फर्केपछि आफुलाई घरबाट निकाला समेट गरेको दुःखेसो पोखिन ।
‘वैदेशिक रोजगारमा रहदा तीन घण्टा मात्र सुटन पाइन्थ्यो तलब भने धेरै न्यून थियो,’मनिषाले भने, –‘वैदेशिक रोजगारबाट फर्किदा महिलाले नै कुरा काटने गर्थे । विदेशमा रहदा यसले परपुरुषसंग अनैतिक सम्बन्ध राखेहोलि भनेझै व्यावहार गरेको पाए ।’ वैदेशिक रोजगारीमा कमाएको रुपियाले घर बनाएर बसेपनि अहिले तीन वटा बच्चा पढाउन समस्या रहेको उनी बताउछन । विदेशबाट पठाएको पैसा पनि डलालले खाई दिएको मनिषाले बताइन ।
घोडाघोडी नगरपालिका न्यायिक समितिका संयोजक तथा नगर उप–प्रमुख प्रेमकुमारी थापा वैदेशिक रोजगारमा गएको महिलालाई विदेशबाट स्वदेश फर्केपछि समाजमा हेर्ने दृष्टिकोण गलत रहेकै कारण महिलामा हिनताबोध भइरहेको बताउछन । उप–प्रमुख थापाले भनिन, ‘प्राय महिला लैङिक हिंसामा परी, आर्थिक अभावमा विदेशमा जाँदा श्रमशोषणमा पर्ने, विदेशबाट फर्किदा यसले के–के चिज नै गरेर आइहोलि भनेर समाजमा कुरा काटने गर्छन ।’
कसैको श्रीमान वैदेशिक रोजगारमा गएको छ भने पनि महिलाले गाउँघर भन्दा बाहिर जाँदा परपुरुषसंग बोल्दा यसको केही चक्कर छ की भन्ने हेराई रहेको उप प्रमुख थापाले बताइन । न्याययिक समितिमा वैदेशिक रोजगारीबाट ठगिएको समस्या लिएर आउने महिलाको संख्य न्यून छ ।
राहदानी बनाउनेको तथ्यांक
जिल्ला प्रशासन कार्यालय कैलालीबाट आर्थिक बर्ष २०७६/०७७ मा राहदानी सिफारिस २ हजार ३ सय ८३ जानले लिएका छन । जसमा महिला ६१३ जना र पुरुष १ हजार ७ सय७० रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका नासु रामप्रसाद ज्ञवालीले बताए । त्यसैगरी चालु आर्थिक बर्ष २०७८/०७९ को असोज १५ गते सम्म १ हजार ५८ जानले राहदानी सिफारिस बनाएको बताए । राहदानीका लागि सिफारिस लिएका मध्ये प्राय वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि राहदानी लिई रहेको राहदानी फाँटका नासु ज्ञवालीले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा रहेको सुरक्षित आप्रावसन सूचना तथा परामर्श केन्द्रकी परामर्शकर्ता मीना डवरियाले सन २०२० को जनवरी देखि डिसेम्बरसम्म वैदेशिक रोजगारमा जानका लागि २ हजार १ सय २४ जनाले फराम दर्ता गरी परामर्श लिएको बताइन । जसमा महिलाको संख्या ५ सय ८० र पुरुषको संख्या १ हजार ५ सय ४४ रहेको छ । उहाँका अनुसार सन २०२१ जनवरी देखि सेक्टेम्बरसम्म १ हजार ७ सय ९ जनाले वैदेशिक रोजगारमा जानका लागि फराम दर्ता गरी परामर्श लिएका छन । त्यसमा महिलाको संख्या ५ सय ५५ जना र पुरुष १ हजार १ सय ५४ जना रहेका छन ।
सूचना केन्द्रमा प्राय सबै जना वैदशिक रोजगारका लागि परामर्श लिन आएका छन, केन्द्रकी परामर्शदाता मीनाले भने, –‘यहाँ वैदेशिक रोजगारमा जानेको विवरण उल्लेख गरी वैदेशिक रोजगारीमा गइरहेकालाई चाहिने आवश्यक सूचना बारे जानकारी दिइन्छ ।’
सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र धनगढीमा आर्थिक बर्ष २०७७/०७८ मा वैदेशिक रोजगारका क्रममा डलालबाट ठगिएका, कम्पनीले तोके अनुसार पारिश्रमिक नदिएको २६ वटा मुद्दा दर्ता भएको थियो । जसमध्ये वैदेशिक रोजगारका क्रममा एक जना महिला एक पुरुष गरी २ जनाको मृत्यू भएको मुद्दा दर्ता भएको केन्द्रले जनाएको छ । २०७८ सालको असोज १६ गतेसम्म सूचना केन्द्रमा ११ वटा मुद्दा दर्ता भएर दुई वटा मुद्दाको किनारा लागि सकेको र ९ वटा प्रक्रियामा रहेको केन्द्रकी परामर्शदाता मीनाले बताए ।
वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको तथ्यांक
श्रम स्वीकृति लिएर वैदशिक रोजगारमा जानेहरुको तथ्याङक राख्दै आएको श्रम तथा रोजगार कार्यालय धनगढीको आर्थिक बर्ष २०७७/०७८ मा ६ सय ९६ जनाले श्रम स्वीकृति लिएका छन । श्रम तथा रोजगार कार्यालयका वैदेशिक श्रमस्वीकृति शाखाका सूचना अधिकारी जयदेव विष्टका अनुसार ११ जना महिला र ६ सय ८५ जना पुरुषले श्रमस्वीकृति लिएका थिए ।
चालु आर्थिक बर्ष २०७८/०७९ सालको साउन महिनामा ३९ जनाले श्रम स्वीकृति लिएकोमा महिला एक र पुरुष ३८ जना, भदौ महिनामा ३८ जनाले श्रम स्वीकृति लिएको मध्ये ३७ जना पुरुष र १ महिला रहेको सूचना अधिकारी विष्टले बताए ।
त्यसैगरी आ.व २०७६/०७७ सालमा ४० जना महिला, २ हजार ३ सय २१ जना पुरुषले र आ.व २०७५/०७६ सालमा १४ जना महिला र १ हजार ५ सय १५ जना पुरुषले वैदेशिक रोजगारका लागि श्रमस्वीकृति विष्टले बताउछन ।


पहिले श्रम स्वीकृति हामीले नै गर्दथ्यौं अहिले के गरी दिएको छ भने अनलाइन मार्फत यहाँ जसको श्रम तथा रोजगार कार्यालयमा आइरिस भइसकेको छ भने भित्रआउनै पदैैन । बाहिर अनलाइन फारम भर्नेहरुबाट फारम भराएर उनीहरुको मेसेजमा स्वीकृत भइरहेका हुन्छ । त्यही कारणले पनि फारम दर्ता गर्नेहरु घटेको उहाँले बताए । कार्यालयभित्र आएकाहरुको तथ्याङक त हामीले राख्यो । तर बाहिर फारम भर्नेहरुको तथ्याङक हामीलाई थाहा हुदैन त्यसैले यो घटेको देखिन्छ । तर श्रम स्वीकृति लिनलाई यस कार्यालयमा आइरिस गर्नुपर्ने अनिवार्य रहेको सूचना अधिकारी जयदेव विष्टले बताउछन ।
वैदेशिक रोजगार विभाग काठमाण्डौको तथ्याङक अनुसार आर्थिक बर्ष २०७७/०७८ मा ११ हजार ४ सय ५६ जना महिला र १ लाख ५५ हजार २ सय ४२ जना पुरुष गरी १ लाख ६६ हजार ६ सय ९८ जना वैदेशिक रोजगारमा रहेका छन । यसमा सुदूरपश्चिमबाट मात्र ८ हजार ३ सय २२ जना वैदेशिक रोजगारमा गएका छन त्यसमा ३ सय २५ जना महिला रहेका छन ।
अवैध तरिकाले वैदेशिक रोजगारीमा पठाउने दलाललाई मानव वेचविखनको मुद्दा लाग्ने नेपालको कानूनमा उल्लेख भएको माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले बताउछन । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र धनगढीमा आर्थिक बर्ष २०७७/०७८ मा वैदेशिक रोजगारका क्रममा डलालबाट ठगिएका, कम्पनीले तोके अनुसार पारिश्रमिक नदिएको २६ वटा मुद्दा दर्ता भएको थियो । भने दलालहरु कार्वाहीमा परको तथ्याङक छैन ।
सुदूरपश्चि प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख नरेन्दसिंह कार्की सिमानाका भएर भारत जाने र आउनेहरुको तथ्याङक राख्न सुरु गरेपनि प्रदेश मन्त्रालयमा वैदेशिक रोजगारबाट आएको तथ्याङक नभएको बताउछन् ।