धनगढी, ५ असोज । मालिकार्जुन कंक्रिट उद्योग धनगढीले कैलारी गाउँपालिकालाई दुई सेट टेबुल र रिबल्विङ कुर्सी सहयोग गरेको छ ।
गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा गाउँपालिकाको प्रशासनिक भवनभित्र रहेका सबै समान निकालि आगजानी गरेपछि सेवा प्रदान गर्न असहजता भएकोले उद्योग गाउँपालिकालाई दुई सेट टेबुल र रिबल्विङ कुर्सी सहयोग गरेको हो ।
मालिकार्जुन कंक्रिट उद्योगका प्रतिनिधिहरुले कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, वडा–२ का वडाध्यक्ष विकास चौधरी र वडा–८ का वडा अध्यक्ष तारामल कठरियालगायतका उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
आन्दोलनकारीहरुले कैलारी गाउँपालिकाका मुख्य मुख्य शाखाका समान तोडफोडसँगै आगजानी गरेका थिए भने वडा कार्यालय भवनमा आगजानी गरि ध्वस्त पारेका छन् ।
आगजानीबाट वडा कार्यालयका प्रशासनिक भवन जलेर ध्वस्त भएपछि वडा कार्यालयबाट प्रदान गरिने सेवा गाउँपालिकाबाट दिन सुरु गरिएको छ ।