१० आश्विन २०८२, शुक्रबार September 26, 2025

मोहनी बजारमा दैलोको टिकट काउन्टर स्थापना

१६ श्रावण २०८२, शुक्रबार
मोहनी बजारमा दैलोको टिकट काउन्टर स्थापना

धनगढी, १६ साउन । दैलो यातायात प्रालिले नेपालगन्जसम्मको सहज यात्राकोलागि कैलारी गाउँपालिका ८ मोहनी बजारमा टिकट काउन्टर स्थापना गरेको छ ।
विगत छ महिनादेखि नियमितरुपमा धनगढीदेखि नेपालगन्जसम्म आठ वटा ईलेक्ट्रिक माईक्रो बस सञ्चालनमा रहेको दैलौ यातायात प्रालिले जानकारी दिए ।
प्रालिका अनुसार कैलाली र कञ्चनपुरका यात्रुहरुलाई नेपालगन्जसम्मको यात्राकोलागि छिटो र सहजताका लागि टिकट काउन्टर स्थापना भएको हो ।
दैलो यातायात प्रालिले कञ्चनपुरको बेलौरी नगरपालिका स्थित बेलौरी बजार, कैलारी गाउँपालिकाको भितरिया, हसुलिया, रामपुर बसन्ता, भजनी, टीकापुर सत्ती लगायत ठाउँमा काउन्टर स्थापना गरिसकेको छ ।
धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोड गुरही चौकमा दैलोको मुख्य टिकट काउन्टर रहेको छ ।
दैलो यातायात प्रालिले मोहनी बजारदेखि धनगढी, नेपालगन्ज र बैलौरीदेखि धनगढी, हसुलिया भजनी, टीकापुर हुँदै नेपालगन्जसम्म सहजरुपमा सेवा दिईरहेको छ ।