कैलाली । गुरही पर्वको अवसरमा जोशीपुर गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको साउन ६ गते भएको निर्णय अनुसार साउन १७ गते मंगलबार गुरही पर्वको अवसरमा स्थानीय बिदा दिने भएको हो । गाउँपालिकाले सोमबार स्थानीय बिदा सम्बन्धी सूचना जारी गर्दै साउन शुक्ल पञ्चमीका दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा स्थानीय बिदा हुने जनाएको छ ।
यता धनगढीमा सावन १७ गते गुरही पर्व भव्यताका साथ मनाइने भएको छ । थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व सखी सञ्जाल र थारु कलाकार मञ्च कैलालीको संयुक्त आयोजनामा सावन १७ गते धनगढीको गुरही चौकमा सामूहिक रुपमा गुरही पर्व मनाइने भएको हो ।
विगत एक दशक यता थारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रुपमा मनाउँदै आएको गुरही पर्वलाई यस वर्ष पनि चाडवर्ड संरक्षण सम्वद्र्धन सहित हकअधिकार तथा पहिचानको रुपमा मनाउने भएका छन् ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने हो । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछन् ।
नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ । यस पर्वमा गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही ९गाइने कीराको प्रतीक० असराउने (सेलाउने) चलन रहिआएको छ । यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।
गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने जनविश्वास रहेको छ । यसका साथै सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, संकटलगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास रहिआएको छ ।