११ आश्विन २०८२, शनिबार September 27, 2025

भजनीबाट लागुऔषधसहित चार जना पक्राउ

२७ असार २०८२, शुक्रबार
भजनीबाट लागुऔषधसहित चार जना पक्राउ

धनगढी, २७ असार । लागुऔषधसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले भजनी नगरपालिका–५ लालबोझीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–४ का २५ वर्षीय मनोज चौधरी, २१ वर्षीय विक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी नगरपालिका–१२ का २१ वर्षीय विशाल चौधरी छन् ।
दुई वटा मोटरसाइकलमा आएका उनीहरुलाई चेकजाँचको क्रममा ब्राउन सुगर भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसहित पाँच ग्राम ६७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखेर थप अनुसन्धानको कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।