११ आश्विन २०८२, शनिबार September 27, 2025

धनगढी‐पोखरासम्म भिआईपी सोफा एसी बस सञ्चालन

२५ असार २०८२, बुधबार
धनगढी‐पोखरासम्म भिआईपी सोफा एसी बस सञ्चालन

धनगढी, २५ असार । सुन्दर सुदुरपश्चिम यातायात प्रालिले आज बुधबारदेखि धनगढी देखि पोखरा रुटमा स्तरीय भिआइपी सोफा एसी बस सञ्चालनमा ल्याएको छ । उक्त बस सेवाको कैलालीका प्रमुख जिल्ला अधिकारी ई. गोगन बहादुर हमालले उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी हमालले धनगढी–पोखरा रुट्मा सञ्चालन हुने बसको निरन्तरताको शुभकामना दिए । यातायात सञ्चालनले सुदुरपश्चिमलाई अन्य प्रदेशसंग समेत जोड्ने भएकोले यसले धार्मिक, सास्कृतिक र पर्यटनलाई समेत टेवा पु¥याउने प्रमुख जिल्ला हमालले बताए । उनले अहिले बर्षाको समय भएकाले त्यतातिर समेत ध्यान दिएर सवारीसाधान सञ्चालन गर्न आग्रह गरे ।


त्यस्तै कार्यक्रममा कैलाली जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बाल नरसिंह राणाले सवारी सञ्चालनका क्रममा नियमको परिधिमा रहि सेवाग्राहीलाई सेवा दिन आग्रह गरे ।
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदुरपश्चिम प्रदेश संयोजक टेकराज जोशीले यात्रुहरुको पहिलो रोजाईमा रहेको यस यातायात प्रालिले सञ्चालनमा ल्याएकोे भिआइपी सोफा एसी बसले झन दिगो बनाउने विश्वास लिएको बताए ।
अहिलेको खस्कदो आर्थिक मन्दिमा पनि करौडौ रकम खर्चेर स्तरीय भिआइपी सोफा एसी बस सञ्चालनमा ल्याउन हिम्मत गर्ने व्यवसायीहरुको व्यवसायीक सफलताको शुभकामना दिदै कैलाली उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले यो बस सेवाले पर्यटकीय क्षेत्रको ठुलो टेवा पु¥याउने बताए ।
प्रालिका अध्यक्ष पदमराज सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धि बहादुर खड्का, यातायात व्यवसायी तथा मजदुर संगठनका प्रमुख तथा प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए ।
धनगढी बसपार्कबाट दिउसो १२ बजे पोखराका लागि बस छुट्ने छ भने पोखराबाट धनगढीका लागि पोखरा बसपार्कबाट दिउसो १२ः३० बजे बस छुट्ने प्रालिका महासचि सुरेन्द्र बोहराले बताए ।