धनगढी, १० असार । यूवाहरुलाई क्यारियर काउन्सिलिङ तथा मार्ग निर्देशन सम्बन्धी तीन दिने प्रदेश स्तरीय परामर्श तालिम धनगढीमा सम्पन्न भएको छ ।
गुड नेभरको सहयोगमा सेवक नेपालद्वारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत भएको तीन दिने तालिम मंगलबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथि रहेकी सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खडका नेपालीहरुको मनस्थिति पढेर नेपालमा जागिर पाइदैन भन्न भैसकेको बताइन् ।
‘नेपालीको मनस्थिति धेरै बिग्रेको छ’, राज्यमन्त्री खडकाले भनिन, ‘हामीले पढेर यहाँ जागिर त पाउँदै पाउँदैनौं त्यसको लागि विदेश जानै पर्छ । कक्षा १२ पढेर कलेज पढ्न चाहदैनांै । कलेज पढनु भन्दा जापनिज, कोरियन भाषा सिक्नु पर्छ । हाम्रा सँगैका साथी भाई कमाउने भैसके, पैसा घरमा पठाउन भइसके र हामी कहिले गर्ने हो । आजभोलि सबैभन्दा बढी पढ्ने विद्यार्थीलाई चिन्ता छ ।’
उनले अगाडी भनिन, ‘धेरै भाईबहिनीहरु कुलटमा फँसिरहेका छन् । दैनिक घटना विवरण हेर्दा लागुऔषधमा फँसेका, आत्महत्या गरिरहेका, यूवाहरु मदिरा सेवन, जुवा खेलीरहेको अवस्था छ । १२ कक्षापछि विदेश पलायन भएका छन् ।’
सररकारले स्वरोगरको लागि अवसर जुराईदिने मात्र हो तर यसको लागि यूवापिढी अग्रसर हु्इना जरुरी रहेको उहाँले बताइन ।
उनले केही गर्नलाई मनोबल उच्च रख्ना जरुरी रहेको, आफनो जीवनलाई सेटल कसरी राख्ने, आर्थिकसँग कसरी जोड्ने त्यतातिर ध्यान जान जरुरी रहेको राज्यमन्त्री खडकाले बताइन् । कतिपय विद्यार्थी बिहानको समयमा चिया, तरकारी बेचेर आर्थिकसंँग जोड्दै दिउँसो क्याम्पस जाने गरेको हामीले देखेका छौं । अहिलेका भाई बहिनीहरुले आफुलाई सुधार गरेर लग्न जरुरी रहेको छ । उनले सामाजिक विकास मन्त्रालय आर्थिक अवस्था कम्जोर रहेका बालबालिकालाई सहयोग गर्दै आएको पनि बताइन् ।
राज्यमन्त्रीले आफनो अनुभव सुनाउदै एसईई पछि धेरै ठाउँमा जागिरको लागि निवेदन दिएको तर अहिले त्यसै क्षेत्रको अनुगमन गर्ने क्षेत्रमा पुगेको बताइन् । उनले यूवाहरुलाई आफनो क्यारियर बनाउन आफनो खुट्टामा नउभिदासम्म दायाँबाँया नसोच्न आग्रह गरिन् ।
‘क्यारियर बनाउनु महत्वपूर्ण कुरा हो’, उनले भनिन्, ‘विवाह हुन अगाडी धेरै कुरा गर्न सकिन्छ तर विवाहपछि कार्यबोझ बढेर जाँदा त्यति गर्न सकिदैन ।’
अहिलेको बालबालिकाहरुको हात हातमा मोवाइल रहेकोले काम लाग्ने कुरा हेरिदिन उनले आग्रह गरिन् । आफनो गाउँको विद्यालयमा राम्रो शिक्षक छैनन् भने राम्रो शिक्षक बनेर आउनुहोस, नेता राम्रो छैन भन्ने असल नेता भएर आउनुहोस र विकास गर्नु होला तर स्वदेशमा रोजगार छैन भन्ने मनस्थिति मनबाट हटाउन राज्यमन्त्री खडकाले आग्रह गरिन् ।
सेवक नेपालको सहयोगमा अध्ययनरत विद्यार्थीहरु कार्यक्रमबाट ड्रप आउट हुन लागेकाले उनीहरुको क्यारियर काउन्सिलिङ तथा मार्ग निर्देशन सम्बन्धी तालिम प्रदान गरिरहेको सेवक नेपालका अध्यक्ष पवन भण्डारीले बताइन् ।
तालिममा कैलाली, डोटी, बाजुरा र दार्चुला जिल्लाका ३० जना सहभागि यूवाहरुलाई निजामति, बैकिङ क्षेत्र र उद्यमशिलता सम्बन्धी प्रशिक्षण गराइएको उनले बताइन् । जसमा निजामति सम्बन्धी प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्ट, बैकिङ सम्बन्धी हिमालय बैंकका प्रदेश प्रमुख सरोज रेग्मी र उद्यमशिलता सम्बन्धी रामनानी चौधरीले प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष देवी खनाल अहिले तीनै तहका सरकारका वेवसाइडबाट धेरै सूचना पाउन सकिने भएकोले यूवाहरुलाई रुचि राखिदिन आग्रह गरे । तालिममा निभा शाक्यले सहजीकरण गरेकी थिइन् ।