२० मंसिर २०८१, बिहीबार December 5, 2024

शुक्लाफाँटा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार आवश्यक

१५ असार २०७९, बुधबार
शुक्लाफाँटा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार आवश्यक

महेन्द्रनगर, १५ असार । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारको आवश्यकता रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीले बताएका छन् ।
बुधबार महेन्द्रनगरमा भएको पर्यटन प्रवद्र्धनमा पत्रकारहरुको भूमिका विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य जोशीले आन्तरिक तथा बाह्य पर्यटनका लागि प्रचारप्रसारको आवश्यकता रहेको बताए । यस क्षेत्रको प्रचारप्रसार नभएर कममात्रा पर्यटक भिजिट गर्न आउने उनले बताए । उनले यस क्षेत्रमा पर्यटनमैत्री वातावरण र प्रचारप्रसार नभएर पर्यटकहरु कम मात्रामा भिजिट गर्न आउने बताए । र उनले यसका लागि पत्रकारहरुलाई विशेष कलम चलाउन जोड पनि दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हेमकर्ण विकले पर्यटन प्रवद्र्धनमा पत्रकारहरुको अहम भूमिका रहेको बताए । केन्द्रीय सदस्य भरत शाहले पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक वजेट विनियोजन गर्नु पर्ने जोड दिए ।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य मनमोहन स्वाँरले पर्यटन प्रवद्र्धनमा पत्रकारहरुका भूमिका बारे सहजीकरण गरेका थिए ।
उद्योग पर्यटन वन तगा वातावरण मन्त्रालय सुदूरपश्चिमको सहकार्य तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा कार्यक्रम भएको थियो ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामसिंह ठगुन्नाले गरेका थिए ।
एसियाकै सबैभन्दा ठूलो घासेमैदानमा देखिने विश्वकै सबैभन्दा ठूलो बाह्रसिंगेको झुण्डले यहाँ आउने पर्यटकको मनै लोभ्याउने गरेको छ ।
शुक्लाफाँटा नेपालको तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी वनस्पति प्रजाति पाइने क्षेत्र हो । क्षेत्रफलका हिसाबले सानो भए पनि दुर्लभ वन्यजन्तु तथा पंक्षी बढी पाइने शुक्लाफाँटा नेपालको तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी खरमयुर र कृष्णसारको पुनस्र्थापना गरिएको क्षेत्र पनि हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि प्रचारप्रसार र भौगोलिक विकटताले ओझेलमा परेको छ । कञ्चनपुर जिल्लामा शुक्लाफाँटालगायत अन्य पर्यटकीय क्षेत्र भए पनि प्रचारप्रसार हुन सकेको छैन ।
जैविक विविधतामा एक सय १८ परिवारका ६ सय ६५ प्रजातिका वनस्पति यस शुक्लाफाँटामा छन् । जसमा ५२ प्रतिशत साल वन, मिश्रित वन २ प्रतिशत, ६ प्रतिशत नदी तटीय वन, १० प्रतिशत सिमसार क्षेर छ भने एसियाकैै सबैभन्दा ठूलो घासे मैदान ३० प्रतिशत (५५ वर्गकिलोमिटर) रहेको छ । स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजाति छन् । जसमा पाटेबाघ, एकसिंघे गैंडा, हात्ती, बाहसिंगा, कृष्णसार, सालक, निलगाई, चितुवा, चितल, लगुना, रतुवा, हिसपिड खरायो र बँदेल आदि छन् ।