धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कैलारी गाउँपालिकाले आज चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
कैलारी गाउँपालिका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी (अंकित), उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौंवा र पार्टीका गाउँपालिका अध्यक्ष बतासु चौधरीले आफ्नो पार्टीको चुनावी प्रतिवद्धता सार्वजनिक गरेका हुन् । माओवादीले प्रतिवद्धता पत्रमा गाउँपालिकामा ग्राभेलयुक्त सबै मूल सडकहरु आगामी चार वर्षभित्र कालोपत्रे गरिने उल्लेख गरेको छ । विभिन्न ठाउँमा चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेन तयार भइसकेकाले त्यसलाई पाँच वर्षभित्रै कार्यान्वयन गर्ने, विभिन्न नदीमा पुल निर्माण गर्ने, बैजपुरमा १५ शैयाको अस्पताल निर्माण गर्ने लगायत माओवादीको प्रतिवद्धता छ । यसैगरी, हसुलियामा बहुमुखी क्याम्पस, उजलीसेमरमा बहुप्राविधिक शिक्षालय, लक्ष्मी माविमा आइटी कक्षाको स्तरोन्नति गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
हेनुहोस, प्रतिवद्धता पत्रको पूर्णपाठ ।
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र, राज्य पुनःसंरचना, स्थानीय तहको संरचना, पूर्ण समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, विभेदमुक्त समाजको सुत्रधार नेकपा (माओवादी केन्द्र) हो भन्नेमा दुई मत छैन । स्थानीय तहको पुनःसंरचनाको मूल प्रस्तावक भएकोले यसको कार्यान्वयन गर्ने हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहलाई जनताले वास्तविक स्थानीय सरकारको रुपमा स्थापित गर्न चाहान्छ । स्थानीय सरकारको राजनीतिक प्रणाली, शिक्षा, स्वास्थ्य, यातायात, साँस्कृतिक, सामाजिक, भाषा, कला, संस्कृति, न्याय, रोजगार र शान्ति सुरक्षालगायत समग्र विकासको आधारभूत मान्यतालाई आत्मसाथ गरेको छ । कैलारी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ५ वर्षमा ग्रामीण विकास सम्पन्न गर्ने, १० वर्षमा शहरी विकास गर्ने, १५ वर्षमा आधुनिकीकरण गर्ने र २० वर्षमा स्मार्ट सिटीको रुपमा विकास गर्ने स्पष्ट परिकल्पना गरेकोछ । जसको नीति उसैको नेतृत्वको मूल ध्येयका साथ कैलारी गाउँपालिकाकोसमुचित विकासको लागि हाम्रो केही एजेण्डा तथा प्रतिवद्धताहरु यस प्रकार छन् :–
– गाउँपालिकाभित्रका ग्राबेलयुक्त गाउँ बस्तीका मूल सडक÷बाटोहरु ४ वर्षभित्रै कालोपत्रे गर्ने ।
– जनसमुदायबीचको अन्तरसम्बन्ध तथा कैलारी गाउँपालिकामा आमजनताका दैनिकी सहज र सुलभ बनाउन र यातायातमार्फत आयस्तर बृद्धि गर्न चक्रपथ (रिङ्ग रोड) दीर्घकालीन योजनालाई पाँच वर्षभित्रै स्तरोन्नतीसहित कालोपत्रे सम्पन्न गर्ने ।
– चक्रपथ (रिङ्ग रोड)को दीर्घकालीन योजना अन्तरगत बसन्ता, मंझरा, टेंढी, गौरीगंगा, घुराहा नदीमा बन्ने पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकोले पाँच वर्षभित्रै कार्यान्वयन गरिने ।
– डीपीआर भएको रामपुर–कटैनी नदीमा पुल, मंझरा–कटैनी नदीमा पुल, लक्कड कटैनी नदीमा पुल, लम्मीफाँटा–बेनौली जोड्ने झलारी पुल, सुर्मी–बनकट्टा जोड्ने झालारी पुल निर्माण गर्ने ।
– गाउँपालिकाभित्रका विभिन्न वडाहरुमा अतिआवश्यक रुपमा रहेको प्रत्येक वडाहरुमा पहिलो वर्षमै कल्भर्ट निर्माण गर्ने ।
– गाउँपालिकाले रणनैतिक सडक योजनाको रुपमा राखेको धर्मपुरदेखि कोइलही तालसम्म, सुर्मी नालादेखि लौसासम्म, सडकपुरदेखि लोहरपुरसम्म कालोपत्रे सम्पन्न गर्ने ।
– प्रत्येक वडामा रहेको वडाका रणनैतिक सडक, वडा नं. ५ स्थित हुलाकी सडकदेखि छोटी पलियासम्म, वडा नं. ६ स्थित धर्मपुरदेखि भगतपुर–घुराहा–पुलसम्म, वडा नं. ३ स्थित हुलाकी सडकदेखि वडा नं. ३ को कार्यालयसम्म, वडा नं. २ स्थित कैलारी गाउँदेखि वडा नं. २ को वडा कार्यालयसम्म, वडा नं. ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र उदासीपुरदेखि दुधियासम्म, वडा नं. ९ स्थित जनता माध्यमिक विद्यालयदेखि गदरिया गाउँसम्मको बाटोलाई कालोपत्रे सम्पन्न गर्ने ।
– कैलारी गाउँपालिकाभित्र निर्माण हुने सबै सडकहरु गाउँपालिका सडक मापदण्ड २०७५ र सडक विभागको मापदण्ड अनुसार स्तरोन्नती गर्ने ।
– यहाँ निर्माण हुने चक्रपथमा ‘कैलारी यातायात सेवा’ बस सञ्चालनको अवधारणालाई अगाडि बढाउने ।
– वडा न.. ४, ६ र ८ मा तालिम, गोष्ठीलगायतका बहुउदेश्यीय सभा भवन निर्माण गर्ने ।
– सिकलसेल एनिमिया रोगका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा गरिने र उपचार गर्न जाँदा र फर्किदाको यातायात खर्च बृद्धि गर्ने र बिरामीहरुलाई अजीवन निःशुल्क औषधोपचारको लागि नेपाल सरकारसँग पहल गर्ने ।
– गाउँपालिकास्थित वडा न. ५ बैजपुरमा १५ शैयाको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढिसकेकोले यथासिघ्र सञ्चालनमा ल्याइने ।
– गदरिया स्वास्थ्य चौकीको स्तरोन्नतीसँगै भौतिक पूर्वाधार निर्माण गरिने ।
– महिला स्वास्थ्य स्वयम सेविकाहरुको क्षमता विकासका कार्यक्रम ल्याइने ।
– हसुलियामा बहुमुखी क्याम्पस, उजेलीसेमरमा बहुप्राविधिक शिक्षालयको स्तरोन्नती, लक्ष्मी माध्यमिक विद्यालय पृथ्वीपुरमा आई.टी. कक्षाको स्तरोन्नती र जनता माध्यमिक विद्यालय गदरियामा कृषि प्राविधिक शिक्षाको स्तरोन्नती गरिने छ ।
– यहाँ अध्ययन गरिसकेका विद्यार्थीहरुलाई इन्टनशिपको व्यवस्था गर्ने ।
– उच्च शिक्षा अध्ययनका लागि लक्षित वर्ग (शहीद/वेपत्ता/घाइतेका परिवार, कमैया, कमलरी, दलित, अति विपन्न तथा जेहेन्दार विद्यार्थी)लाई छात्रवृतिको व्यवस्था गर्ने ।
– निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने ।
– थारु मातृ भाषा शिक्षकहरुको सुविधा बृद्धि गर्ने, शिक्षकहरुलाई समर्थन पत्र उपलब्ध गराउने । साथै शिक्षकहरुको क्षमता विकासको तालिम सञ्चालन गर्ने ।
– नमूना विद्यालयहरुको स्तरोन्नती गर्ने र थप नमूना विद्यालय बृद्धि गर्ने ।
– गाउँपालिकाले विशेष क्षेत्र घोषणा गरेको सीमावर्ती गाउँहरु हौसलपुल, शिवरत्नपुर, मोहनपुर र भौगोलिक रुपले उपेक्षित देवीगञ्ज, सामरचौरा, सिमराना, पर्सिनिहिया पुरुवा गाउँमा विशेष प्याकेजको कार्यक्रम (अनुदान) लागु गरिने छ ।
– मोहना, कटैनी, घुराहा, घुरही नदीको डुबान, कटान र पटानबाट ग्रसित यहाँका बासिन्दाको बासोबास व्यवस्थित गर्न नदी नियन्त्रणको लागि गुरुयोजना निर्माण कार्यान्वयन गर्ने ।
– कैलारी गाउँपालिकामा रहेका सम्पूर्ण मुक्तकमैया, सुकुमबासी, भूमिहीनहरुलाई जग्गाको लालपूर्जाको निस्सा वितरणको प्रक्रिया सुरुवात भइसकेकोले आउँदो आर्थिक वर्ष २०७९/२०८० भित्रै लालपूर्जा वितरणको कार्य सम्पन्न गर्ने ।
– स्थानीय तहमा रहेको न्यायिक समितिको कार्यलाई निश्पक्ष, स्वतन्त्र, जनउत्तरदायी र छिटो छरिटो न्याय सेवा प्रदान गर्ने । साथै गाउँपालिकाको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०७८ लाई प्रभावकारी कार्यान्वयन गरिने ।
– सीमा अतिक्रमण, सीमा सुरक्षा र शान्ति सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्ने । साथै गाउँपालिकाका ग्रामीण क्षेत्रमा प्रहरी बिट स्थापनाको लागि पहल गर्ने ।
– शहीद परिवार, बेपत्ता, घाइते, आपाङ्ग र द्वन्द्व प्रभावित व्यक्तिहरुको लागि सम्मान, संरक्षण, स्वास्थ्य, शिक्षा, सीप विकास, रोजगारलगायतका कार्यहरुलाई विशेष प्राथमिकता दिने ।
– समाजभित्रका अति गरिब, आपाङ्गता भएको व्यक्ति, एकल महिला, एकल पुरुषहरुका लागि गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्ने ।
– हिंसा प्रभावितहरुको लागि सुरक्षित आवास गृह सञ्चालन गरिनेछ ।
– सार्वजनिक स्थालमा निर्माण हुने हरेक संरचना अपाङ्गमैत्री बनाइनेछ ।
– अपांगता भएका बालबालिकाका लागि पठनपाठनकोलागि छुट्टै व्यवस्था गरिनेछ ।
– गाउँपालिकाभित्रका विभिन्न वडाहरुमा शव व्यवस्थापन स्थान तथा व्यवस्थित घाट निर्माण गर्ने ।
– विभेद मुक्त गाउँपालिका घोषणा भइसकेकोले गरिब बेरोजगार दलित समुदायका व्यक्तिहरुका लागि आयआर्जनमूलक उत्पादनको कार्य (बाख्रा पालन, कुखरा पालन, बंगुर पालन, हाँस पालन इत्यादि) कार्य गर्ने । दलित समुदायको पुर्खौली पेशालाई प्रविधिसँग जोड्दै व्यवसायकरणमा जोड दिने । साथै समुदायभित्र जनचेतनामूलक कार्यक्रमहरु गरिने ।
– गाउँपालिकास्थित बेरोजगार यूवाहरु पलायन हुनबाट रोक्न स्वरोजगारमूलक क्षमता विकास तथा रोजगार कार्यक्रम प्रत्येक गाउँ टोल बस्तीमा सञ्चालन गरिने । गाउँपालिकास्थित प्रत्येक सहकारीलाई जोड्ने गरी एक सहकारी एक उद्योग स्थापना गर्ने ।
– कृषि पेशालाई मर्यादित र सम्मानित बनाउनका लागि कृषिमा आधुनिकीकरण, व्यवसायकरण, यान्त्रीकरण गरी किसानहरुको कृषि उपजको उत्पादनमा बृद्धि र आर्थिक आयस्तर बृद्धि गर्ने ।
– जनजाति थारुभित्र पर्ने कुमाल थारु बस्तीलाई प्राथमिकतामा राखी उनीहरुको पुर्खौली पेशा संरक्षण तथा प्रवद्र्धन गर्दै नयाँ प्रविधिसँग जोड्ने कार्यक्रम ल्याइने ।
– गाउँपालिकास्थित सार्वजनिक स्थानहरु (बजार, विद्यालय, मठ मन्दिर, चर्च, देउथान)मा सार्वजनिक शौचालय निर्माण गर्ने ।
– कृषिमा उत्पादन बृद्धि गर्नको लागि टेढी बाँध, गुरगी बाँध, दुधिया झलारी बाँधलाई व्यवस्थित बनाइ कैलारी गाउँपालिकाका सम्पूर्ण खेती योग्य जमिनमा सिँचाइको पूर्ण व्यवस्था गर्ने ।
– कृषि तथा पशु बीमा कार्यक्रम निःशुल्क गरिने छ ।
– संघ, प्रदेश र कैलारी गाउँपालिकाको लागत साझेदारीमा कार्यान्वयनमा भइरहेको वनदेवी धार्मिक पर्यटकीय क्षेत्र र डुबरी ताल मिनी पार्क दु्रत गतिमा कार्य सम्पन्न गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएको कोइलही ताल, कालीमाई मन्दिर र बसन्ता जैविक मिनीपार्क निर्माण गर्ने ।
– कोइलही ताल, मझरा ताल, कैलारी ताल, राखौना ताल, पुरैना ताललगायत अन्य तालहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गरी आयमा बृद्धि गरी रोजगारको सुनिश्चिता गर्ने ।
– प्रत्येक वार्डमा बाल उद्यान स्थापना गर्ने ।
– थारु भेषभुषा, भाषा, कला, संस्कृति र पहिचानको संरक्षणको लागि विशेष कार्यक्रम गर्ने । गाउँपालिकाभित्रको मौलिक थारु गाउँ पहिचान गरी गाउँलाई नै संग्राहलयको प्रारुप दिने । साथै मादल तथा वाद्य बादनलगायत सामग्री बनाउने तथा बजाउने तालिम सञ्चालन गरिने ।
– थारु हस्तकलाबाट निर्मित दुना, टपरी, डेलुवा, ढकिया, मचिया, खटिया, गुन्ड्री, खैचां, सुप्पा (नाङलो)लगायत सामग्रीको प्रबद्र्धन तथा बजारीकरण गर्ने ।
– निर्माण भइसकेका ओभरहेड खानेपानी योजना सञ्चालन गर्ने र निर्माण भइरहेको वडा नं.५ र ४ को खानेपानी योजना सम्पन्न गरी सञ्चालन गर्ने र वडा नं. ६ मा खानेपानी योजना निर्माण गरिने छ । साथै ‘शुद्ध खानेपानी स्वस्थ जिन्दगानी’को नारालाई प्रभावकारी कार्यान्वयन गर्ने गरी मागमा आधारित उच्च नल घर–घरमा पु¥याउने ।
– हसुलिया बजारलाई शहरीकरणका लागि व्यापारिक तथा औद्योगिक केन्द्रको रुपमा विकास गर्ने र गाउँपालिकाभित्रका गदरिया, मोहनी बजार, पबेरा, उजेलीसेमर, कैलारीलगायतका बजार व्यवस्थित विकास गर्र्ने ।
– गाउँपालिकाको मुख्य–मुख्य बजार क्षेत्रमा फ्री वाईफाईको व्यवस्था गर्ने । साथै प्रत्येक वडाहरुमा सार्वजनिक पुस्ताकालय तथाि ई–लाइब्रेरी स्थापना गर्ने ।
– प्रविधिको विकास गर्दै सरकारी कार्यालयलाई प्रविधिमैत्रीको अवधारणालाई प्रवद्र्धन गर्ने ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गाउँपालिकाका खेलाडीहरुको सम्मान र प्रोत्साहन गर्ने साथै नयाँ खेलाडीहरुको क्षमता विकास हुने गरी खेलकुद विकासको लागि खेल मैदान, कभर्ड हल निर्माण गर्ने ।
– नेपाल सरकारको प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार कैलारी गाउँपालिका उत्कृष्ट गाउँपालिकाको रुपमा स्थापित भइसकेकोले आगामी दिनमा ‘ग्रीन एण्ड स्मार्ट’ गाउँपालिकामा विकास गर्ने ।
– बसन्ता कोरीडोर क्षेत्रलाई संरक्षण र सम्बद्र्धनको लागि जडिबुटी रिसर्च केन्द्र स्थापना गरी स्थानीय थारु समुदायका गुरुवा, धामी तथा बैद्यको व्यवस्थापन गरिने छ ।