धनगढी, १५ चैत । असमानता अन्त्य गर्न राज्यले समावेशी नीति निर्माण मात्र गरेर नभई त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा मंगलबार धनगढीमा आयोजित असमानता प्रतिबेदन २०२६ को तयारीका लागि प्रदेश स्तरिय परामर्श बैठकका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।

उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, डिजिटल प्रविधि र अवसरमा समान पहुँच सुनिश्चित नगरी असमानता हट्न नसक्ने बताउँदै पछाडि पारिएका समुदायलाई लक्षित कार्यक्रम, तथ्यांकमा आधारित योजना र सबै तहको सहकार्य अपरिहार्य रहेको बताएका थिए । उनीहरूले सबै नागरिकले समान अवसर र सम्मान पाउँदैनन्, तबसम्म समृद्ध र न्यायपूर्ण समाज निर्माण सम्भव नहुने कुरामा समेत जोड दिएका थिए ।

बैठकबाट सहभागीको महत्वपुर्ण बिचार, अनुभव तथा सुझाबहरु संकलन गरेको छ । संकलित सुझावका आधारमा प्रतिबेदनलाई प्रभावकारी बनाउनुका साथै प्रमाणमा आधारित वकालतमा महत्वपुर्ण योगदान पुरयाउने विश्वास आयोजकले लिएको छ ।
चैत १६ र १७ गते भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालकी केन्द्रीय बरिष्ठ उपाध्यक्ष नानी माया थापा, केन्द्रीय सचिव साबित्रा घिमिरे, केन्द्रीय सदस्य तथा सुप सह इन्चार्ज कैशिला चौधरी तथा कन्सल्टेन्स मोनिका जि, गैरसरकारी संस्था महासंघ प्रदेश समिति अध्यक्ष देवि प्रसाद खनाल, धनगढी उपमहानगर पाकिकाका बालकल्याण अधिकारी तथा संघसंस्था प्रमुख टंक बिष्ट, सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशका सामाजिक महाशाखा प्रमुख प्रतिभा श्रेष्ठ, विभिन्न क्षेत्रका अभियान कर्मी, अगुवा जेन्जी, मिडियाकर्मी र अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागिता रहेको थियो ।

उक्त सीआइआर कार्यक्रममा ३१ जनाको उपस्थिति रहेको थियो । त्यस्तै एफजिडीएस कार्यक्रममा पनि अगुवा जेन्जी लगायत गैसस महासंघ प्रदेश समिति र जिल्ला शाखा समिती सहित १९ जनाको सहभागिता रहेको थियो भने (प्क्ष्क्ष्० कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग सुदुरपश्चिम प्रदेशका सदस्य नृप बहादुर सुनार, लगायत विभिन्न क्षेत्रका अभियानकर्मी र गैसस महासंघ केन्द्रीय समिति बरिष्ठ उपाध्यक्ष नानी माया थापा, कन्सल्टेन्स मोनिका र गैरसरकारी संस्था महासंघ केन्द्रीय सदस्य तथा सुप इन्चार्च कैशिला चौधरी लगायत १५ जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको सहजीकरण गैसस महासंघ नेपाल केन्द्रीय बरिष्ठ उपाध्यक्ष नानीमाया थापा र मोनिका जिले गरेका थिए । कार्यक्रमको सञ्चालन गैसस महासंघ नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष देवि प्रसाद खनालले गरेका थिए । कार्यक्रम अन्य व्यावस्थापन सुदुरपश्चिम कर्मचारी गोकुल खड्काले गरेका थिए ।