राम अवतार चौधरी
कपिलवस्तु । थारु समुदायको एकदमै लोकप्रिय हस्तकला सामाग्री हो ढकिया । ढकियासँगै पछिल्लो समय सो समुदायले विगतमा प्रयोग गर्दै आएका त्यस्ता थुप्रै सामाग्री लोप हुँदै गइरहेको छ । नकारात्मक चालचलनलाई त्याग्दै समाजमा सकारात्मक प्रभाव पर्ने खालको हस्तकला लगायतका रीतिरिवाज तथा संस्कार अनुसरण गर्नु आजको आवश्यकता हो । यसलाई युवा पुस्ताले जिम्मेवारीका साथ वहन गर्नुपर्छ ।
यस्तै जिम्मेवारी वहन गर्दै कपिलवस्तुकी एक २७ बर्षिय युवती उदाहरण बनेकी छन् । बुद्घभुमि नगरपालिका वडा नं.९, बरकुलपुर घर भएकी युवती हुन् ज्ञानु थारु । उनी विगत केहि बर्षदेखि किर्डाक नेपाल लगायतको संघ संस्थाको सहयोगमा सीप सिकिन् । सामान्य परिवारमा हुर्केकी ज्ञानु अध्ययनसँगै सीपलाई निरन्तरता दिँदै स्नातक तह पुग्दै अनुभव बटुलिन । स्थानीय स्रोतसाधनको प्रयोग गरेर उत्पादन भएका वस्तुले रोजगारीका अवसर सिर्जना गर्नुका साथै आम्दानी आयआर्जनको उनको मुख्य पाटो बनेको छ उनको ।
अनुभवलाई साथीभाइसँग शेयर गर्दै केही साथी त केही घर परिवारको सहयोग र हौसलाले ज्ञानुलाई व्यावसायिक रुप दिएको छ । घरमै उत्पादन गरेको हस्तकला सामाग्रीलाई परम्परागत तरिकाले राखिने गरिन्थ्यो तर केही दिन पहिले उनी व्यावसायिक रुपमा हस्तकला सामाग्रीलाई परिणत गर्ने सहासका साथ हिम्मत गरिन । फुर्सदिलो समयमा घर बस्दा थारु समुदायका महिलाले जंगलमा पाइने मुज (खर) र बजारमा पाइने मोती(प्लास्टिक दाना) र ढागो प्रयोग गरेर ढकिया लगायतको हातले निर्मित गरिने गरिन्छ ।
ग्रामिण भेग सामान्य परिवारमा हुर्केकी ज्ञानु अहिले आफ्नै खुट्टामा उभिन सफल भएकी छिन् । यस क्षेत्रमै पहिलोपटक यसरी थारु सुमदायमा लोप हुँदै गएको ढकिया लगायतका सामाग्रीलाई जर्गेना गर्ने हेतुले नमुन काम गरेकी उनी भन्छिन् ः– ञहामी परम्परागत तरिकाले पुर्खाैँदेखि हस्तकला बनाउँदै आएका छौँ तर अब आधुनिक ढङ्गले व्यावसायिक गर्नुपर्छझ । पहिलो पटक यसरी आफूलाई यस क्षेत्रमा लाग्न उत्प्रेरित गर्न घर परिवार लगायत साथीेले सुझाएको उनले अनुभव सुनाइन् ।
पछिल्लो समय थारु समुदायका युवा पुस्ताले जिम्मेवारी लिनबाट पन्छिएको बताउँदै समाजको नेतृत्व युवाले लिनुपर्ने उनले बताइन् । स्थानीय सामाग्री भएको हुनाले बाह्य ग्रहकहरुको ढकिया, पेन होल्डर, रोटी डानी, टोपी, लेंहगा र थारु गहना लगायत सामग्री खरिद गर्न आउने गरेको उनी बताउँछिन् । थारु हस्तकला सामाग्रीलाई आफूले प्रोत्सहन गर्ने हिसाबले स्थानीय स्तरमा उत्पादन भएका ती वस्तु (सामाग्री) तथा गतिविधिलाई अगाडि बढाउने जनाउँदै काठमाडौंतिरका संघ संस्थासँग समन्वय गरिरहेका थारुले जानकारी दिइन् । नेपाली ग्रहकभन्दा विदेश ग्रहणहरुको बढी आकर्षक र खरिद राम्रो रहेको समेत बताउँदै आम नागरिकको मागलाई मध्यनजर गर्दै आवश्यक सामाग्रीको उत्पादन गरि स्थानीयलाई रोजगारीका अवसर सिर्जना गर्ने उनको योजना रहेको बताइन् । घरमा आमा र बुवा सहित घरमा ६ परिवार रहेको जनाउँदै पसलबाट सन्तोषजनक आम्दानी भइरहेको उनले जनाईन् ।
यस्तै स्थानीय हेमन्त थारुले थारु जातिका लागि ज्ञानुले निकै सह्रनिय कार्य गरेको प्रशंसा गरे । उनले यस क्षेत्रको मात्र नभएर सिंगो थारु समुदायको पहिचान जोगाउने भुमिका खेलेको बताए । स्थानीय स्रोत साधनको प्रयोग गरेर रोजगारीका अवसर सिर्जना गर्नुको साथै आम्दानीको राम्रो पाटो भएको समेत हेमन्तले उल्लेख गरे ।