१७ माघ २०८२, शनिबार January 31, 2026

थारु म्युजिक भिडियो ‘अर्जी’ सार्वजनिक

१६ माघ २०८२, शुक्रबार
थारु म्युजिक भिडियो ‘अर्जी’ सार्वजनिक

धनगढी, १६ माघ । पुष्कर महतोको शब्द तथा सङ्गीतमा तयार भएको ‘अर्जी’ बोलको गीतमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक–सङ्गीतकार पुष्कर महतोको शब्द तथा सङ्गीत तथा पुष्कर महतो र आरजू चौधरीको आवाज रहेको नयाँ गीत ‘अर्जी’ शुक्रबार सार्वजनिक भएको हो । उक्त म्युजिक भिडियो गोचा टेल्स युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतको निर्देशन सुरज देव कुसुम्याले गरेका छन् भने छायांकन रामु चौधरीले गरेका हुन् । गीतको भिडियोमा सुरज देव कुसुम्या र सलिना लामिछानेको अभिनय रहेको छ ।
भावनात्मक शब्द, मधुर सङ्गीत र आकर्षक भिडियो सहितको ‘अर्जी’ गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास गरिएको छ ।