७ बैशाख २०८१, शुक्रबार April 19, 2024

सुदूरपश्चिम प्रदेशमा ३१८ जनामा कोरोना पुष्टि

२९ पुष २०७८, बिहीबार
सुदूरपश्चिम प्रदेशमा ३१८ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआरमार्फत र २५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार आज दुई हजार २०५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । आज संक्रमण पुष्टि भएका २५४ जनामध्ये भारतबाट स्वदेश फर्केका २२७ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १११, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १०५ झुलाघाट नाकाबाट फर्केका ६ र पुलघाट नाका दार्चुलामा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा २५४ जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।
विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण समुदायस्तरमा संक्रमण उच्च हुने खतरा बढेको छ । प्रदेशको चार वटा नाकाबाट दैनिक फर्किरहेकामध्ये कैयौं व्यक्ति परीक्षण नगराइ घरतर्फ गइरहेकाले सङ्क्रमण समुदायमा फैलिने खतरा बढेको हो ।