६ चैत्र २०८०, मंगलवार March 19, 2024

दलित समूह तथा संजालमा आवद्ध महिलालाई साईकल

२१ श्रावण २०७८, बिहीबार
दलित समूह तथा संजालमा आवद्ध महिलालाई साईकल

धनगढी, १४ साउन । कैलारी गाउँपालिका र गौरीगांगा नगरपालिकाका दलित समूह तथा संजालमा आवद्ध महिलाहरुलाई साईकल हस्तान्तरण गरिएको छ ।
डिसिएको सहयोगमा दलित महिला अधिकार मंच नेपालद्वारा संचालित गिफ्ट क्याटलग परियोजना अन्र्तगत दलित समूह तथा संजालमा आवद्ध महिलाहरुलाई साइकल हस्तान्तरण गरिएको हो । दलित तथा महिलाहरुका साझा सवालमा सचेतना, पैरवी तथा आर्थिक तथा सामाजिक सशक्तिकरण परिचालनमा टेवा पुग्ने उद्देश्यले ५५ वटा साईकल हस्तान्तरण गरिएको दलित महिला अधिकार मंचका राजेन्द्र रैकाले बताए ।


कैलारी गाउँपालिकामा दलित महिला समूह तथा संजालमा आवद्ध २७ जना महिला र गौरीगंगा नगरपालिकाका समूह तथा संजालमा आवद्ध २८ जनालाई साईकल वितरण गरिएको हो ।
कैलारी गाउँपालिकामा वडा नं ५ की वडा सदस्य अनारकली चौधरी, भलमन्सा श्रीराम कुमाल, मिलन महिला समूहकी अध्यक्ष अमरकेती चौधरी र गौरीगंगा नगरपालिकामा वडा नं १० का अध्यक्ष पदम बहादुर ऐर, कार्यपालिका सदस्य विनीता देवी महर, वडा सदस्य मिना देवी चौधरी, भीष्म चौधरी, समूह तथा संजालका अध्यक्ष लगायतको सहभागीतामा साइकल हस्तान्तरण गरिएको थियो ।