६ चैत्र २०८०, मंगलवार March 19, 2024

थारु बाल अधिकार गीत सार्वजनिक, संगीत मार्फत बाल अधिकारको माग(भिडियो सहित)

२५ श्रावण २०७८, सोमबार
थारु बाल अधिकार गीत सार्वजनिक, संगीत मार्फत बाल अधिकारको माग(भिडियो सहित)

कैलाली । नेपालमा बाल अधिकार हनन् भएका घटना दिनहु बाहिर आउने गर्दछ । बालबालिकालाई उनीहरुको अधिकारबाट वञ्चित गराई कडा परिश्रम गर्न लगाई श्रमशोषणका घटना पनि दिनहुँ जसो मिडिया मार्फत बाहिर आउने गर्दछ । यसका साथै कुनै कुनै बालबालिकाको अभिभावक पनि आफ्ना बालबालिकालाई खेल्ने कुद्ने उमेरमा श्रमशोषण गरेको घटना पनि हामीले सुन्ने देख्ने गर्दछौं । यसले लाखौं बालबालिका अझै पनि आफ्नो अधिकारबाट वञ्चित भएका छन् । अझै पनि उनीहरूले उचित स्वास्थ्य सेवा, पोषण, शिक्षा र हिंसाबाट सुरक्षा पाउन सकेका छैनन् ।
यसै सन्दर्भमा थारू पहिलो बाल अधिकार गीत ‘हमार बाल अधिकार’मा बनेको भिडियो सार्वजनिक भएको छ । यस भिडियो मार्फत बालबालिकाहरुले आफ्नो अधिकारको माग गरेका छन् । उनीहरुले आफ्ना अभिभावकहरुलाई अरुका घरमा बिहानै गाईगोठमा गोबर सोहार्न र भेडाबाख्रा चराउन नपठाउनु भन्दै संगीत मार्फत आग्रह गरेका छन् । यसका साथै उनीहरुले बाल उमेरमा पढ्ने, खेल्ने कुद्ने, नाच्ने गाउने समय रहेकोले आफ्ना अभिभावकलाई विद्यालय पठाउन आग्रह गरेका छन् । साथै उनीहरुले अतिरिक्त क्रियाकलापले बालबालिकाको बौद्धिक विकास हुने भएकोले अतिरिक्त क्रियाकलाप जस्तै खेलकूद, सांस्कृतिक कार्यक्रम र चाडपर्वमा रमाउदँै नाच्न पनि पाउनु पर्ने माग गरेका छन् ।
गीतमा इन्दु थारूको शब्द संगीत रहेको छ । भिडियोमा इन्दु थारूकै डाइरेक्सन र कन्सेप्ट रहेको छ । गीतमा बाल गायक मनिष थारू र मिस्मीता चौधरीको रहेको छ । भिडियोमा बाल कलाकार मनिष थारू, सर्विना, सानु हर्दिउला, ब्रेभिया करिया प्रधान, ऋष्टिना करियाप्रधान, उषा चौधरी, जस्मीन चौधरी र बिवेक चौधरीको मुख्य भूमिका रहेको छ ।
भिडियोका प्रोड्यूसरमा टीका चौधरी, गीता चौधरी, ठाकुर करिया प्रधान र बाँधु हर्दिउला रहेको छन् । क्यामेरामा बिहारी दहित, मेकअपमा सानु कुश्मीको रहको छ ।
भिडियो होलीको अवसरमा थारू ड्रागनफ्लाई यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।
यस अघि थारू भाषाको पौराणिक पहिलो बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ भिडियो आइ सकेको छ । भिडियोमा बालकलाकार मनिष थारू, श्रविना चौधरी, ऋष्टिना चौधरी, सानु हरदिउला, ब्रेभिया चौधरी, लगायतको अभिनय रहेको छ । शब्द संकलन इन्दु थारूको रहेको गीतमा संगीत संयोजन सि.एल चौधरीको रहेको छ । गीतमा बाल कलाकार मनिष थारू र अमृता चौधरीले स्वर रहेको छ । थारु बालबालिकाहरुले अत्यधिक रुचाइएको बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ भिडियो हमार म्युजिक बगियाको अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक भएको हो ।