४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि

-कैलारी अनलाइन

सोमवार, ३ जेठ 3:47 PM

facebook sharing button
twitter sharing button
email sharing button
messenger sharing button
whatsapp sharing button

धनगढी-सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५५ स्वाब परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनका अनुसार धनगढीमामात्रै १ सय ७ पुरुष र ६९ महिला गरी १ सय ७६ जना र कैलालीका अन्य ठाउँका १सय ९७ गरी ३ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै अन्य जिल्लाका ६० जनामा पनि सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १३ जना बिरामी निको भएर घर फर्किएका छन् भने ८ जना अस्पताल भर्ना हुँदा ३ जनाले ज्यान गुमाएका छन् ।

थप सम्बन्धित समाचार
Follow
Us