हसुलियामा सिएस म्युजिक अवार्ड कार्यक्रम

-कैलारी अनलाइन

शनिवार, २८ चैत्र 4:04 PM

धनगढी, २८ चैत । कैलारी गाँउपालिका–१, हसुलियामा सिएस वेष्ट म्युजिक भिडियो अवार्ड २०७६ सुरु भएको छ । आज दिउसोँ ३ बजे देखि सुरु भएको कार्यक्रमको प्रमुख अतिथी कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी रहेका छन् । कार्यक्रमका अतिथीहरुमा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौंवा, वडा अध्यक्ष, नेपाली कांग्रेसका राजसमझ चौधरी लगायत रहेको छन् । म्युजिक भिडियो अवार्ड कार्यक्रममा २०७६ सालमा प्रालिबाट रिलिज भएका थारु गित मात्र अवार्डमा समावेश गरिएको प्रालिका सञ्चालक सतिश सिन्हाले बताए । ‘बहुभाषा, बहुसंस्कृति हाम्रो पहिचान, यसको संरक्षण गर्नु हाम्रो साझा अभियान’ नारा रहित हुने अवार्ड कार्यक्रममा वेष्ट मेलोडी, वेष्ट कल्चर, वेष्ट डान्सीड्ड म्युजिक भिडियो गरि ३ विधामा अवार्ड गरिने जनाएको छ । त्यस्तै मोडेल, गायक र निर्देशक गरि १५ जनालाई पनि अवार्ड गरिने जनाईएको छ ।
पुुराना अग्रज कलाकारहरुको सम्मान, नयाँ कलाकारहरुलाई हौसला, थारु भाषा संस्कृति संरक्षण प्रवद्र्धन, थारु फिल्म जगतलाई गुणस्तर प्रदान गर्ने उद्देश्य सहित प्रालि स्थापना भएको हो ।
कैलारी गाउँपालिकाको मुुख्य प्रबद्र्धक तथा आर.डी कम्प्लेक्स धनगढीको मुुख्य प्रायोजन रहेको छ ।

थप सम्बन्धित समाचार
Follow
Us