सेती प्रयोगशालामा गरिएको परीक्षणमा ५५५ जनामा कोरोना संक्रमण पुष्टि

-कैलारी अनलाइन

शनिवार, १ जेठ 5:41 PM

facebook sharing button
twitter sharing button
messenger sharing button
pinterest sharing button
email sharing button
whatsapp sharing button
sharethis sharing button

धनगढी,१ जेठ ।  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ५५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ८३५ नमूना परीक्षण गर्दा ५५५  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढीका २७२ जना यस्तै धनगढीबाहेक कैलालीका २६२ जना र अन्य जिल्लाका २० जनामा संक्रमण पुष्टि  भएको जनाएको छ ।हाल अस्पतालमा १०८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

जसमध्ये १ जना भेन्टिलेटरमा, १४ जना आइसियूमा, ९० जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ४ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट  कसैले पनि कोरोना जित्न नसकेको जनाएको छ ।   थप १६  जना अस्पतालमा भर्ना भएका छन् ।   यस्तै पछिल्लो २४ घण्टामा  ६ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै हाल अस्पतालको इमर्जेन्सी वार्डमा २१ पुरुष र ८ महिला गरी २९ जना उपचाररत छन्।

थप सम्बन्धित समाचार
Follow
Us