सुदूरपश्चिम प्रदेशमा १९ हजार बढि संक्रमण मुक्त

-कैलारी अनलाइन

मङ्गलवार, ४ जेठ 4:02 PM

कैलाली ४ जेठ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा हाल सम्म ३० हजार ९७५ संक्रमित मध्ये १९ हजार दुई सय ८५ जना संक्रमण मुक्त भएका छन् । यो संख्या कुल संक्रमित संख्याको ६३.३९ प्रतिशत हो ।

सोमबार सुदूरपश्चिम प्रदेशमा चार सय ७६ जना संक्रमितहरु कोरोना जितेर घर फर्केका थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार एण्टिजेन बिधिबाट परीक्षणबाट पोजेटिभ देखिएका ५०६१ मध्ये २१५० जना एक्टिभ र २७३६ जना र्डिजार्ज देखिएका थिए, भने १७५ जनाको मृत्यू भएको तथ्यांक थियो ।

यस्तै पिसिआर परिक्षणबाट २५ हजार ९१४ जना संक्रमित मध्ये १६ हजार ५४९ जना डिस्चार्ज भएका छन् भने १९३ जनाको मृत्यू भएका छ ।

सुदूरपश्चिममा एन्टिजोन र पिसिआर परिक्षणबाट जम्म ३१ हजार २ जना संक्रमित भएका छन् भने ३३८ जनाको मृत्यू भईसकेको छ ।

हालसम्म कैलालीमा १३ हजार पाँच सय ८४ जना संक्रमित ८ हजार ५४६ जनाले कोरोना संक्रमणबाट मुक्त भएका छन् यो संख्या कैलालीका कुल संक्रमित संख्याको झण्डै ६३ प्रतिशत हुन आउँछ ।

यस्तै अछाममा एक हजार नौ सय एक, बैतडीमा नौ सय २६, बझाङ एक हजार ५७ र बाजुरामा ६ सय २४ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीका १ हजार ६३३ र कञ्चनपुर ३ हजार २५३ जना रहेका छन् । अन्य प्रदेश घर भई सुदूरपश्चिम प्रदेशका बिभिन्न ठाउँमा उपचाररत ५६ जना पनि कोरोना संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us