मर्सिकोरद्वारा कैलारीलाई आइसोलेसन किट सहयोग

-कैलारी अनलाइन

शुक्रवार, ४ आषाढ 10:01 PM


हसुलिया। मर्सिकोर नेपालले कैलारी गाउँपालिकालाई ७९ प्याकेट आइसोलेसन किट सहयोग गरेको छ ।

सो सामग्री गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवालाई हस्तान्तरण गरिएको छ । मर्सिकोर नेपालका सरोजकुमार ठाकुरले स्वास्थ्य सामग्री हस्तान्तरण गरे । आइसोलेसन किटमा डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर एक÷एक थान, सर्जिकल मास्क ५० थान, सेनिटाइजर, पञ्जा, टिस्यु पेपर, बच्चाको लागि चाहिने सर्जिकल मास्क, सेनेटरी प्याड, साबुन लगायतका सामग्री रहेको गाउँपालिकामा कार्यरत रविन्द्र चौधरीले जानकारी दिए ।

थप सम्बन्धित समाचार
Follow
Us