थारू भाषा तथा कला संस्कृति संरक्षणमा सबैको दायित्व हुनु पर्छ : अध्यक्ष चौधरी

-कैलारी अनलाइन

शनिवार, २८ चैत्र 6:48 PM

कैलाली, २८ चैत । थारू कलाकारहरुले थारू समुदायको भाषा, कला संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गरेको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताएका छन् ।
कैलालीको कैलारी गाउँपालिका–१, हसुलियामा शनिबार भएको सिएस वेष्ट म्युजिक भिडियो अवार्ड २०७६ समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारू कलाकारले आफ्नो कलाकारिताबाट थारू भाषा, कला संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउन सफल भएको बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष चौधरीले कलाकारहरुलाई समाजको ऐना समेत रहेको बताए । साथै कलाकारहरुले नै लोप हुँदै गएको भाषा, कला संस्कृति संरक्षणमा मुख्य भुमिका खेलेको उनले बताए । यसकार साथै अध्यक्ष चौधरीले लोप हुँदै गरेको भाषा, कला संस्कृति सरक्षणमा सबैको दायित्व हुनु पर्नेमा जोड दिए ।
‘थारू समुदायमा विभिन्न किसिमका भाषा, कला संस्कृति रहेको छ, तर यो दिन प्रति दिन लोप हुँदै गइरहेको छ’, उनले भने–‘यसको संरक्षण सम्बद्र्धन गर्न सबैको दायित्व हो ।’

अध्यक्ष चौधरीले लोप हुँदै गएको भाषा, कला संस्कृति तथा थारू कलाकारलाई गाउँपालिकाबाट सम्मान र सहयोग गर्दै आएको बताउँदै उनले अगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौंवाले कलाकारिता क्षेत्रमा लागेका सबै कलाकारलाई सम्मान र सहयोग गर्नु पर्ने बताइन् ।
जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले कलाकार र खेलाडी राष्ट्रका गहना रहेको बताइन् । उनीहरुलाई सहयोग तथा सम्मान गर्ने जिम्मेवारी पनि आफूहरुको रहेको जिम्मेवारी रहेको बताइन् ।
नेपाली कांग्रेसके राजसमझ चौधरीले पुराना कला संस्कृति तथा गीत बास बचाउन अहिलेको युवा पुस्ता तथा कलाकारहुक्रनको मुख्य दायित्व रहेको बताए ।
म्युजिक भिडियो अवार्ड कार्यक्रममा २०७६ सालमा प्रालिबाट रिलिज भएका थारु गित मात्र अवार्डमा समावेश गरिएको प्रालिका सञ्चालक सतिश सिन्हाले बताए । ‘बहुभाषा, बहुसंस्कृति हाम्रो पहिचान, यसको संरक्षण गर्नु हाम्रो साझा अभियान’ नारा रहित हुने अवार्ड कार्यक्रममा वेष्ट मेलोडी, वेष्ट कल्चर, वेष्ट डान्सीड्ड म्युजिक भिडियो गरि ३ विधामा अवार्ड गरिने जनाएको छ । त्यस्तै मोडेल, गायक र निर्देशक गरि १५ जनालाई पनि अवार्ड गरिने जनाईएको छ ।
पुुराना अग्रज कलाकारहरुको सम्मान, नयाँ कलाकारहरुलाई हौसला, थारु भाषा संस्कृति संरक्षण प्रवद्र्धन, थारु फिल्म जगतलाई गुणस्तर प्रदान गर्ने उद्देश्य सहित प्रालि स्थापना भएको हो ।
कैलारी गाउँपालिकाको मुुख्य प्रबद्र्धक तथा आर.डी कम्प्लेक्स धनगढीको मुुख्य प्रायोजन रहेको छ ।

कार्यक्रममा स्वागत मनतब्य कार्यक्रममा सहसंयोजक चन्द्र चौधरी चाँदले गरेका थिए । भने कार्यक्रमको सञ्चालन गायक राजु राज चौधरी र गायिका सुनिता चौधरी फकलपुरान बुडीले गरेका थिए ।

थप सम्बन्धित समाचार
Follow
Us