कैलारी गाउँपालिकामा कोभिड हेल्प डेस्क स्थापना

-कैलारी अनलाइन

बिहिवार, ३ आषाढ 7:10 AM

हसुलिया । कैलालीस्थित कैलारी गाउँपालिकाको कार्यालयमा आज कोभिड–१९ हेल्प डेस्क स्थापना गरिएको छ ।

कैलारी गाउँपालिका र दलित महिला अधिकार मञ्च नेपालको समन्वय तथा सहजिकरणमा हेल्प डेस्क स्थापना गरिएको हो । कोभिड हेल्प डेस्कको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका गाउँपालिकामा कार्यरत कर्मचारी रविन्द्र चौधरीले जानकारी दिए ।

उद्घाटन अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, सामाजिक विकास शाखा प्रमुख यगम कलेल, शिक्षा शाखा प्रमुख गणेश मिश्र, स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटा, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकामा आउने सेवाग्राहीहरुलाई हेल्प डेस्कमार्फत कोरोना भाइरसको बारेमा जानकारीका साथै परामर्श दिइने डेस्कका इन्चार्ज भीष्मराज चौधरीले जानकारी दिए । यसैगरी, सुत्केरी, गर्भवती महिला लगायतलाई सेनिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्री पनि दिइने बताए ।

थप सम्बन्धित समाचार
Follow
Us