कैलारीमा माघ २५ देखि तेस्रो अध्यक्ष रनिङ्ग कप प्रतियोगिता र सांस्कृतिक कार्यक्रम

-कैलारी अनलाइन

शनिवार, २४ माघ 1:30 PM

धनगढी, २४ माघ । कैलारी स्मार्ट समन्वय यूवा क्लब कैलालीको आयोजनामा हुन लागेको तेस्रो अध्यक्ष रनिङ्ग कप–२०७७ को तयारी पुरा भएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक क्लबका अध्यक्ष ज्ञानबहादुर चौधरीले जानकारी दिए । कैलारी गाउँपालिकाको आर्थिक सहयोग तथा पुष्पलक्ष्मी कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालिकाको मुख्य प्रायोजनमा हुन गइरहेको खेलकुद प्रतियोगिता भोली माघ २५ गते बिहान साढे ९ बजे कैलारी गाउँपालिका वडा नं ३, उत्तरभड्री गाउँपालिकाको खेलकुद विकास समितिको खेल मैदान उद्घाटन हुने जनाएको छ । प्रतियोगितोका उद्घाटन गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।
प्रतियोगिताहरुमा पुरुष फुटबल डे–पेनान्टी सुटआउट, भेट्रान पुरुष फुटबल र ब्याडमिन्टन प्रतियोगिता रहेको छ । जुन प्रतियोगिताका लागि प्रथम पुरुस्कार नगद १ लाख र द्धितिय पुरुस्कार नगद ५० हजार रहेको आयोजकले जनाएको छ ।
त्यस्तै भेट्रान पुरुष फुटबल प्रतियोगितामा प्रथम हुने टीमले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र र द्वितिय पुरुस्कार नगद रु ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने जनाएको छ ।
ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने टीमले नगद रु ५० हजार प्राप्त गर्ने छ भने द्वितिय हुने टीमले नगद २५ पुरुस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताकै अवसर पारेर फागुन ६ गते वृहत रक्तदान कार्यक्रम पनि रहेको आयोजक क्लबका सल्लाहकार बतासु चौधरीले जानकारी दिए ।
त्यस्तै प्रतियोगिता संगै सांस्कृतिक झाँकी, सांस्कृतिक कार्यक्रम पनि रहने क्लबका सल्लाहकार समिति सदस्य एवं मिडिया संयोजक मिशन चौधरीले जानकारी दिए ।
सांस्कृतिक कार्यक्रममा थारु लोक गायक मनिराम चौधरी, गायक राजु भुजेल, मोडल अन्जना चौधरी, वितिसा दहित, हास्यकलाकार सत्यनारायण फेँटारा लगायत कलाकारहरुको वेजोड प्रस्तुती रहने जनाएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us