७ बैशाख २०८१, शुक्रबार April 19, 2024

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

१० चैत्र २०७९, शुक्रबार
बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो । पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की गाउँकै स्थानीयसँग मेलापातका लागि नेशनल पार्क गएका बेला बाघले आक्रमण गरेर मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए । उनको शव भारत तर्फको वन क्षेत्र एसएसवी क्याम्प कुवा नम्बर ८ को पुर्व क्षेत्रमा भेटिएको कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
बिहान ७ जनाको महिलाको समुहमा भारतको दुधवा नेशनल पार्कमा घाँस काट्न गएका भएपनि अन्य महिला भने बाघको आक्रमणपछि भागेर बच्न सफल भएका थिए । अहिले जंगलबाट शव निकालेर भारतीय प्रहरीले बुझेको छ । भारतीय प्रहरीले मुचुल्का बनाई कागजी प्रकृया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाउने बताईएको छ ।
यता कैलालीको धनगढी उपमहानगरपालिका ३ मा बच्चासहित दिनहुँ बाघ देखिन थालेका छन् । धनगढी वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले केही दिन यता सो क्षेत्रमा बाघ देखिन थालेको बताएका छन् । बुधबार राती ९ः३० बजे देखि झन्डै ११ बजेसम्म मोहना लालझाडी क्षेत्रको मोहना नदि किनार, भन्सार, मसान टोल क्षेत्रमा बाघ कराउदै गरेको स्थानीयबासीले बताएका थिए ।
यस्तै आज शक्रबार बिहान ५ बजेको समयमा धनगढी वडा नम्बर ३ स्थित प्रस्तावित बसपार्क पछाडि बच्चासहितको बाघ हिडडुल गर्दै र कराउँदै गरेको अवस्थामा देखिएका थिए ।