६ बैशाख २०८१, बिहीबार April 18, 2024

न्युजिल्याण्डको माओरी समुदायमा चिच्याएर गरिन्छ पाहुनाको स्वागत

२५ श्रावण २०७८, सोमबार
न्युजिल्याण्डको माओरी समुदायमा चिच्याएर गरिन्छ पाहुनाको स्वागत

पाहुनलाई स्वागत गर्ने तरिका पनि कस्तो ? न्युजिल्याण्डको माओरी समुदायमा पाहुनालाई स्वागत गर्ने संस्कारले तपाइँलाई साँच्चीकै आश्चर्यमा पार्नेछ ।

उनीहरुको स्वागत गर्ने शैली नबुझेकाहरु त सायद पहिलो चोटी त्यहाँ जाँदा डराएर भाग्न बेर छैन । किनकि माओरी समुदायका मानिसहरु पाहुनाको स्वागत गर्दा जोड जोडसँग चिच्याउँछन् ।

यो परम्परालाई हाका भनिन्छ । सदियौँदेखि यो परम्परा चलिआएको छ ।

पहिले उक्त समुदायले युद्धको बेला सत्रुलाई तर्साउनका लागि जोडसँग चिच्याएर धाबा बोल्ने प्रचलन थियो । सोही चलन आजकल परिमार्जित हुँदै हाका बनेको छ । यसमा मानिसहरुले आफ्नो खुट्टा जोडसँग भुइँमा बजार्छन् । अनुहारमा गम्भीर भाव देखाउँछन् र जोडसँग चिच्याउँछन् ।

ठूलाबडा मानिसको स्वागतमा पनि यहीँ परम्परा निभाउँछन् उनीहरु । यतिमात्र होइन, स्कुलमा समेत बालबालिकाहरुलाई यस्तो परम्परा सिकाइन्छ ।

स्मरणरहोस् न्युजिल्याण्डका खेलाडीहरुले आफ्ना अन्तराष्ट्रिय खेलका दौरानमा हाका प्रदर्शनसमेत गर्ने गरेका छन् । सन् १९८८/८९ मा न्युजिल्याण्डको फुटबल टोलीले यसको शुरुवात गरेको थियो । सन् १९०५ मा रग्बी टोलीले पनि हाका प्रदर्शन गरेको थियो ।

एजेन्सी